बुधबार ६० अंकले बढेको शेयरबजार बिहीबार दोहोरो अंकले लाग्यो ओरालो
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २३:२८:५८
२६ जेठ, काठमाडौं । बिहीबार शेयरबजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । जेठमा निरन्तर घटेको बजार बुधबार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । बुधबार ६० अंक बढेको शेयरबजार मापक परिसूचक नेप्सेको वृद्धि दुई दिन पनि टिकेन ।
यसअघिका दुई साता लगातार घटेको बजार बुधबार एक्कासी बढेपछि कतिपयले बजार केही दिन उकालो लाग्ने अनुमान गरेका थिए ।बिहीबार बजार खुल्दा त्यस्तै संकेत पनि देखिएको थियो । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा झर्यो ।
बिहीबार सबै उपसमूह राताम्य भए । सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए । कुल २२९ कम्पनीको ३० हजार ७६२ कारोबारबाट ४१ लाख ५ट हजार १०४ कित्ता शेयर किनबेच भएको छ । यस दिन कारोबार रकम १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ रहेको छ ।
बिहीबार उपकार लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो भने बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्यो । यसदिन बढी घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर शेयरको मूल्य ६.६१ प्रतिशतले घटेर २३६ रुपैयाँ, सिंगटी हाइड्रोपावरको कम्पनीको मूल्य ५.३४ प्रतिशतले घट्यो ।
बैंकिङ ५, विकास बैंक ७३, फाइनान्स ३६, होटल तथा पर्यटन ३९, जलविद्युत ४०, जीवन बीमा २८, उत्पादन ४९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ७८, अन्य २४ र ब्यापार उपसमूह १२ अंकले घटेका छन् । कारोबार भएका कुल ३१ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ५ को स्थिर रह्यो ।
उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, अरुणकाबेली, एसियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स क्रमिक रुपमा अगाडि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार