समृद्धि र विकासका लागि समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री राउत
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २०:१०:२३
२७ जेठ, धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक छ भने ।
उनले भने, “मधेसलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने विकास निर्माण त्यही ठाउँमा गर्नुपर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्यबिना समृद्धि र विकास सम्भव छैन ।”
मुख्यमन्त्री राउतले स्थानीय सरकारहरूले ल्याउने विकास निर्माणको योजनाहरूमा काँधमा काँध मिलाएर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध जानकारी दिए । प्रशिक्षणमा सरकार सञ्चालन तथा विकास निर्माणसँग सम्बन्धित जानकारी दिइने जनाइएको छ ।
मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धनुषा र पर्साबाहेक छ जिल्लास्थित स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता छ । प्रशिक्षण तीन दिनसम्म चल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार