जिल्ला समन्वय समिति पर्सामा एमाले जसपा गठबन्धनका उम्मेद्वार निर्वाचित
आबिद हुसेन
जेठ २७, २०७९ शुक्रबार २३:८:२
२७ जेठ, बीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको प्रमुखमा निरन्जन साह सोनार ९अजय सर्राफ० निर्वाचित भएका छन् । उनी जसपा र एमाले गठबन्धनको जसपाका तर्फबाट उम्मेद्वार थिए ।
शुक्रबार सम्पन्न मतदानमा सोनारले १५ मत प्राप्त गर्दै प्रमुखमा निर्वाचित भएका हुन् । सोनार एक साता अघि बीरगञ्ज महानगर कार्यपालिकाको सदस्यमा निर्वाचित भएका थिए ।
कार्यपालिका वा वडा सदस्य मध्येबाट समन्वय समितिको पदाधिकारीमा उम्मेद्वार हुने संवैधानिक व्यवस्था अनुरुप सोनारले शुक्रबार सम्पन्न निर्वाचनबाट समन्वय समितिको प्रमुखमा बाजि मारेका हुन् ।
त्यस्तै, उनको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सरोज कुमार चौरसियाले १३ मत पाए । उपप्रमुखमा पनि गठबन्धनकै तर्फबाट एमालेका उम्मेद्वार पुरन कुर्मी विजयी भएका छन् । उनले पनि १५ मत प्राप्त गरेका छन् ।
कांग्रेस उम्मेद्वार कुमारी सोनी पासवानलाई पछि पार्दै उपप्रमुखमा निर्वाचित भएका कुर्मी बहुदरमाई नगरपालिकाको नगरसभा सदस्य हुन् । समितिमा एमाले जसपा गठबन्धनको प्यानलै विजयी भएको छ ।
जसमा सदस्यहरुमा सदस्यमा जसपाबाट वैयन्ती देवी, राजपति देवी, विनयप्रसाद कुर्मी तथा एमालेबाट सदस्यमा श्रीकान्ती देवी, सुशिला कुर्मी, रामप्रसाद यादव, सलिम मिया अन्सारी विजयी भएका हुन् ।
१४ स्थानीय तह रहेको पर्सामा कांग्रेसको १२, एमालेको १०, जसपाको ५ र लोसपाको १ मत रहेको छ । संविधान अनुसार जिल्ला सभामा जिल्लाभित्रका पालिकाका प्रमुख उपप्रमुखहरु रहने व्यवस्था छ । जिल्ला सभाले निर्वाचनमार्फत गाउँ÷नगर सभाका सदस्यहरुमध्येबाट जिल्ला समन्वय समितिका पदाधिाकारी छान्ने व्यवस्था छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार