पल्लोटारीका पहिरोपीडित दुई वर्षदेखि टहरामै
नेपालबहस संवाददाता
जेठ २७, २०७९ शुक्रबार २३:१७:५३
२७ जेठ, लमजुङ । दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै अधुरै छ । नयाँ घरमा सर्ने ठूलो सपना रहेको पहिरोपीडित विष्णुमाया अछामीले बताइन् । दुई वर्षको बर्खा टहरामै बितेको उनको गुनासो छ ।
पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन् । २०७७ साउन ७ र ८ गते पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो ।
पहिरोले ५४ घर उच्च जोखिममा परे । गाउँका चार सय जना एकैपटक विस्थापित भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी तरापुको देविथानमा राखियो । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरिएको थियो । पटक–पटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । दुई वर्ष बित्न लाग्यो , तर पीडितको नयाँ घरमा बस्ने सपना भने पुरा भएन ।
परिहोमा परी घाइते भएकी सिर्जना गोतामेले आफूहरू दुई वर्षदेखि टहरामै बसेको बताउँछिन् । उनी भन्छिन्, पहिरोले घर नै पुरियो बर्खा लाग्यो टहरामा कसरी बस्ने हो । पहिरो पीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भई पुनर्निर्माण सुरु भएता पनि अझै घर नबन्दा पहिरोपीडित चिन्तामा छन् ।
पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालु आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो पीडितसँग घर पुनर्निर्माणका लागि सम्झौता भई पुनर्निर्माण भइरहेको बताए । घर बनाउन लाभग्राहीले ४ लाख ५० हजार रुपैयाँका दरले पाउनेछन् । यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार