छाडा साढेले घाइते बनाएकाको उपचार खर्च मेयरले ब्यहोर्ने
आबिद हुसेन
जेठ २७, २०७९ शनिबार १:३५:४८
२७ जेठ, बीरगञ्ज । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले गरिबीका कारण उपचारमा कठिनाइ भोगेका परवानीपुरका लक्ष्मण रामको उपचारमा लागेको सम्पूर्ण खर्च व्यहोरेका छन् ।
गएको जेठ १५ गते छाडा साढेको आक्रमणमा परी राम गम्भीर घाइते भएका थिए । स्पर्श हस्पिटलमा उपचार गरिरहेका रामको आर्थिक अवस्था खराब रहेको जानकारी पाएपछि नगरप्रमुख सिंह उनलाई भेट्न एक साताअघि अस्पतालमै पुगेका थिए ।
उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने भन्दै उनले रामको उपचारमा कमी नगर्न अस्पताललाई निर्देशन दिएका थिए । नगरप्रमुख सिंहले गरेको प्रतिबद्धता बमोजिम नै रामको उपचारमा लागेको १ लाख ८० हजार रुपैयाँ बिहीबार उपलब्ध गराइएको हो ।
‘छाडा चौपायको आक्रमणबाट घाइते बनेका त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा कुनै कमी हुनुहुन्न भनेर मैले भनेको थिए,’ नगरप्रमुख सिंह भन्छन्, ‘त्यही अनुरुप मानवीय सेवाभावले उपचारमा लागेको खर्च मैले व्यहोरेको हुँ ।’
खर्च उपलब्ध भएसँगै अस्पतालले रामलाई डिस्चार्ज गरेर घर पठाएको छ । ‘उपचारपछि उहाँको स्वास्थ्य ठिक भएकाले हामीले घर जान डिस्चार्ज गरिदियाँै,’ अस्पताल प्रशासन भन्छ, ‘केही दिनमा फलोअपमा आउने गरी हामीले अहिले घर पठाएका हौँ ।’
गएको जेठ १५ गते छाडा साढेको आक्रमणबाट वीरगञ्ज २४ परवानीपुरका राम गम्भीर घाइते भएका थिए । करिब दश दिन अस्पतालमा राखेर उपचार गराएपछि स्वास्थ्यअवस्था सुधार भएको हो ।
यसैबीच वीरगञ्ज महानगरपालिकाले छाडा चौपाय नियन्त्रण अभियान अघि बढाएको छ । बजारमा छाडा छाडिएका गाई, साढे, बाच्छाबाच्छी नियन्त्रणमा लिएर नगर कटाउने काम गरिरहेको छ । छाडा चौपाय नियन्त्रण चुनौति बन्दा महानगरले छाडा छाडिएका चौपायलाई नियन्त्रणमा लिएर सोझै हेटौडाको गौशालामा पु¥याउने अभियान अघि बढाएको हो । नगरलाई छाडा चौपाय मुक्त बनाउन यस्तो अभियान चालिएको नगरप्रमुख सिंहले बताए ।
सामान्य जरिवाना र चेतावनी दिएर छाड्दा अटेरी गर्ने क्रम बढेपछि बाध्यभएर छाडा चौपाया नियन्त्रणपछि जफत गर्ने र ती चौपायालाई हेटौडा गौशालामा पुर्याउनु परेको उनी बताउँछन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपगोदाममा मल हुँदा पनि किसानले पाउँदैनन्
माघ ९, २०८१ बुधबार
एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
माघ ९, २०८१ बुधबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
कुमारी बैंकका ग्राहकहरुलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १०, २०८१ बिहिबार
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड
माघ १०, २०८१ बिहिबार
टोलटोलमा सडक कालोपत्र गर्दै बर्दिबास नगरपालिका
माघ १०, २०८१ बिहिबार
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
माघ १०, २०८१ बिहिबार
कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबीच सम्झौता
माघ १०, २०८१ बिहिबार