बीरगञ्जमा विभिन्न पार्टी परित्याग गर्दै ५ सय भन्दा बढी जसपामा प्रवेश
आबिद हुसेन
जेठ २८, २०७९ शनिबार २३:६:१५
२७ जेठ, बीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारले एन मार्फत नै महिलाको समान सहभागितालाई ग्यारेण्टी गर्ने प्रयास गरेको बताएका छन् ।
बीरगञ्जमा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि प्रदेशभरीका हरेक कार्यालयमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने गरी एनमा नै उल्लेख गरेको बताएका हुन् ।
प्रदेश प्रहरी एन तथा प्रदेश निजामति एन मार्फत महिला सहभागिताको सवालमा समान सहभागिताको अवधारणा अघि बढाइएको उनले बताएका हुन् । कार्यक्रममा मुख्यमन्त्री राउतले अब सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाहरुको खातामा नै पैसा पठाउने गरी कार्ययाेजना बनाइएको पनि बताए ।
कार्यक्रममा सघीय सांसद प्रदीप यादवले अन्य पार्टीले कार्यकर्तालाइ प्रयोग मात्रै गर्ने तर जसपाले कार्यकर्ताको योगदानको आधारमा जिम्मेवारी दिने भएकाले सबै पार्टीमा गोलबद्ध हुन आग्रह गरे ।
यस्तै बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बीरगञ्जका वासिन्दाले विश्वास गरेर आफूलाई जिम्मेवारी दिएकाले उनीहरुको विश्वास र भरोसा टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर बनाउने सवालमा सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि आआफ्नो ठाउँबाट सहयेग गर्न पनि आग्रह गरे । बीरगञ्जको घण्टाघरको सडक केही दिनमा सबै कानूनी अड्चन टुग्याएर कालोपत्रे गरिने पनि उनले जानकारी दिए ।
कानूनी प्रावधान मिलाउँदै काम गर्न पर्ने आवश्यकता हुँदो रहेछ मैले मात्रै चाहेर हुने भएको भए त्यही दिनमा कालोपत्रे गराइसक्थे उनले भने । “घण्टाघरको सडक किन बनेन भन्ने प्रश्न तपाइहरुको मनमा होला,” उनले भने, “केही कानूनी अड्चनहरु रहेछन् तिनलाई टुंगो लगाएर केही दिनमै घण्टाघरको सडक कालोपत्रे गरीन्छ, म आश्वासन मात्रै बाड्ने काम गर्दिन जे भन्छु त्यो गरेर छाड्छु ।”
बीरगञ्ज महानगरले नगरमा रहेका महिलाहरुको आर्थिक स्तर वृद्धिका लागि विभिन्न योजनाहरु सञ्चालन गर्न लागिरहेको उनले जानकारी दिए । पार्टीको बीरगञ्ज वडा नम्बर ८ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करीब ५ सय जना जसपामा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका उपाध्यक्ष रविन्द्र ठाकुर, क्षेत्रीय प्रतिनिधि विशोरी प्रसाद पटेल, अशोक सर्राफ, एमालेका सफल कुमार साह , मनोज क्षेत्री, राकेश दुबे प्रदिप सर्मा लालबाबु ठाकुर उत्तम जोशी मोबारक मियाँ लगायत ५ सयभन्दा बढी जसपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई मुख्यमन्त्री राउत सांसद प्रदीप यादव र नगरप्रमुख सिंहले अबिर र खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए । कार्यक्रममा प्रदेश सांसद करिमा बेगम नेता उमेशलाल सहनी वडा नम्वर ८ का वडाध्यक्ष रितेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार