निर्वाचन आयोग ई–भोटिङ तयारीमा : आयुक्त पौडैल
नेपालबहस संवाददाता
जेठ २८, २०७९ शनिबार २३:४४:१६
♦ प्रकाश डोटेल
२८ जेठ, स्याङ्जा । निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौडेलले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै आयोग ई–भोटिङको तयारीमा लागेको बताएका छन् । उनले आयोगलाई संस्थागत सुदृढीकरण गर्दै प्रविधिमा आधारित प्रणाली उपयोग गर्न लागिएको बताए ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाको नवर्निमित भवनको शनिबार शिलन्यास गर्दे उनले आयोगले प्रविधिलाई आत्मसाथ गर्दै अगाडी बढेको दाबी गरे । उनले प्रविधिको समुचित उपयोगमा आयोग रणनीतिक योजना बनाउन लागिरहेको समेत जानकारी दिए ।
भवन शिलन्यासका अवसरमा उनले आयोगको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना अन्र्तगत निर्वाचन कार्यालय निर्माणका अभियानलाई अगाडी बढाउँदै लैजाने योजना रहेको सुनाए। आयोगले २०७६ देखि ०८१ सम्मको अवधिलाई पञ्चवर्षिय योजना बनाएर काम गर्दै आएको जानकारी दिए ।
देशभरका ७७ जिल्ला मध्ये १९ जिल्लामा मात्रै निर्वाचनको कार्यालय रहेको उनले बताए। एक जिल्लामा निर्माणाधीन अवस्थामा र अन्य ९ वटा कार्यालय सरकारी भवनमा रहेर कामगर्दे आएको आयुक्त पौडेलले जानकारी दिए। उनका अनुसार अब १० वटा कार्यालय बन्ने तयारीमा रहेको छ।
शिलन्यास गरिएको भवनएक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बि.एम. वील्डर्स एण्ड सियोन एडभेन्चर कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ। २ करोड ३ लाखको लागतमा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका १ मा भवन निर्माण हुनेछ ।
एक रोपनी ३ आना क्षेत्रफलमा फैलिने भवन साढे २ तलाको १५ कोठे र ६ वटा शौचालय निर्माण गर्ने निर्माणकर्ता कम्पनीले जानकारी दिएको छ । २०६१ सालमा स्थापित निर्वाचन कार्यालय स्याङ्जाले भाडामा बस्दै आएको घरबाट सेवा प्रवाह गर्दै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार