विपद जोखिमको पूर्व तयारीमा रहन गृहमन्त्रीको सशस्त्र प्रहरी बललाई निर्देशन
नेपालबहस संवाददाता
जेठ २८, २०७९ आइतबार ३:५७:३३
२८ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपदको समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित सिसं २ गोताखेर तालिमको समापन गर्दै मन्त्री खाणले विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताए । उनले यस्ता कार्यका लागि नेपाल सरकार र गृहमन्त्रालयका तर्फबाट निरन्तर सहयोग र सहजीकरण हुने विश्व व्यक्त गरे।
समारोहमा मन्त्री खाणले तालिममा प्रथम भएका सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गरे । उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट उपलब्ध गराइएको ९७ लाख बराबरको विभिन्न किसिमका विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरेका थिए। मन्त्री खाणले डिजास्टर म्यानेजमेन्टर रेकर्ड एण्ड एक्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए।
सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एम्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए ।
समारोहमा गृहसचिव टेकनाराण पाण्डेले विपद्मा परेका आम नागरिको जीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै विपद् तथा महामहारी आउनुभन्दा अगावै पूर्व तयारी भएर बस्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार