उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार १९:८:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/eye_SIgPmQ7uQg.jpg)
♦नारायण अधिकारी
२९ जेठ, चितवन । विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् । रेटिना विज्ञ डा संयम बजिमयले सात÷आठ महिनामा एक दशमलव पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताए । त्यस्ता शिशुको समयमा आँखाको परीक्षण नभएमा अन्धो पनि हुन सक्ने उनको भनाइ थियो । डा. बजिमयले भने “समयमा उपचार पायो भने कोही पनि अन्धो हुँदैन ।”
समय पुगेर जन्मिएका शिशुको पनि छ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उनले बताए । नवजात शिशुमा बंशाणुगत रोग हुनसक्ने भन्दै डा बजिमयले समयमै उपचार पाएमा समस्या नहुने उल्लेख गरे । पहिले पहिले कम तौलका शिशुहरुको उपचार कठिन थियो तर अहिले प्रविधिको विकास र जनशक्तिको व्यवस्थाले कम तौलका शिशुलाई बचाउन सकिएको छ । भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसियु) का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा. ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताए ।
त्यस्ता शिशुको शरीरका अंग कमजोर हुने जानकारी दिँदै उनले भने “रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।”बालसघन उपचार कक्षमा राखेर अक्सिजन दिइएका, सङ्क्रमण भएका, जन्मदा कृत्रिम श्वासप्रश्वास दिनुपरेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरिएका शिशुलाई आँखामा समस्या आउने डा। पाठकको भनाइ थियो । सकेसम्म यसरी उपचार गर्नुपर्दा कम अक्सिजन दिने प्रयास गरिने भन्दै उनले आँखा स्क्रिनिङ गर्न सुझाव दिए ।शिशुको आँखाको समयमा उपचार हुन नसकेमा अन्धोपन हुन सक्ने र त्यस्ता शिशुलाई तीन चार हप्तामा आँखाको परीक्षण गराउन डा पाठकले सुझाव दिए ।
चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आउनुभएका बाल रोग विशेषज्ञ डा विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताए । त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनुपर्ने अवस्था आयो भने र सङ्क्रमण भयो भने आँखामा समस्या आउने उनले सुझाए । उपचार गर्दा यी कुरामा ध्यान दिनुपर्ने भए पनि आँखाको परीक्षण भने गर्नै पर्ने डा पराजुलीको तर्क थियो ।
सैतिस हप्ताभन्दा कम समयमा जन्मिएका र ३० दिनभित्रै अक्सिन दिनुपर्ने र सङ्क्रमण भएका शिशुको आँखामा जोखिम बढी हुनसक्छ । भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठ कम उमेरमा जन्मिएका शिशुको कम तौल हुने र उनीहरुमा विशेष प्रकारको समस्या आउने बताए । आँखाको पर्दामा असर देखिने भन्दै उनले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटीको सम्भावना धेरै हुने बताए । डा. श्रेष्ठले भने “समयमा उपचार पाएमा उनीहरु अन्धो हुनबाट जोगिन्छन् ।” बाल सघन उपचार कक्षमा रहेर अक्सिजन प्रयोग गरिएका बिरामी शिशुको अनिवार्य आँखा परीक्षण गराउन उनले सुझाव दिए ।
भरतपुर आँखा अस्पतालमा यसप्रकारको समस्या लिएर प्रत्येक महिना पाँच जनाको हाराहारीमा बिरामी आउने गरेको डा श्रेष्ठको भनाइ थियो । दैनिक बहिरंग सेवामा एक सय हाराहारी शिशु उपचारका लागि आउने गर्दछन् । तीमध्ये पाँच जनालाई समस्या नै हुने गरेको छ ।
भरतपुर आँखा अस्पताल र यसका सेवा केन्द्रमा आँखाको उपचार हुने भएकाले यस्ता शिशुलाई समयमै उपचार गर्न उनले सुझाव दिए । सुरुको समयमा सामान्य परीक्षण गरेमा निको हुने भए पनि समय–समयमा उपचार नगर्दा जटिल समस्या आउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले अभिभावकलाई आँखाको परीक्षण गराउनुपर्छ भन्ने विषयमा सचेतना जगाउने गरी काम गर्नुपर्ने र अन्य बालबालिकाको पनि समय समयमा आँखाको परीक्षण गराउनु पर्नेमा सुझाव दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारबाट समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
असार २४, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार