प्रदेशस्तरीय किशोरी सम्मेलन : ११ बुँदे घोषणापत्र जारी
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार २१:१६:४
२९ जेठ, म्याग्दी । बालअधिकारको संरक्षण, बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा ११ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलन म्याग्दीको बेनीमा सम्पन्न भएको छ ।
‘गल्र्स फस्ट फन्ड’ को आर्थिक सहयोग र धवलागिरि गाउँपालिकाको समन्वयमा संगम म्याग्दीको आयोजनामा म्याग्दी, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, लमजुङका १०० जनाभन्दा बढी किशोरी सहभागी सम्मेलन शनिबार सम्पन्न भएको हो । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन घोषणपत्र जारी गरिएको जिल्लास्तरीय किशोरी संजालकी अध्यक्ष नरदेवी विकले जानकारी दिईन् ।
किशोर अवस्थामा बिवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, २० वर्षभन्दा कम उमेरमा विवाह हुन लागेको थाहा पाएमा प्रहरीलाई सूचना दिने, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।
महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि सबै विद्यालयमा इन्सिलेटरको व्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागीले आराम कक्षको व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई अनुरोध गरेका छन् । किशोरीमाथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको सुनिश्चितता र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग पनि सो घोषणपत्रमार्फत् गरिएको छ ।
महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अनि यसलाई अन्धविश्वासका रुपमा लिने काम बन्द गर्न सो घोषणापत्रमा माग गरिएको छ । सम्मेलनमा सहभागीले बालबिबाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाब आउने गरेको तथा महिनावारीको समयमा विद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुरव्यवहार भएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार