कांग्रेसको इतिहास बोकेका श्रीप्रसाद जिटीलाई स्याङ्जा जिससको जिम्मेवारी
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार २२:१:३३
२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको जिउँदो इतिहासका रुपमा चिनिएका कांग्रेस नेता श्रीप्रसाद जिटी स्याङ्जा जिल्ला समन्वय समिति ( जिसस) को प्रमुखमा निर्विरोध चयन भएका छन् । गोला प्रथाबाट जिटी जिसस प्रमुखमा निर्विरोध छानिएका हुन् ।
उनको यो चयनलाई स्याङ्जा कांग्रेसमा नयाँ इतिहास रच्ने काम शुरू भएको स्थानीय नेताहरु बताउँछन् । जिटीलाई जिससको नेतृत्वमा पुर्याउनु अग्रजलाई सम्मान र युवा पुस्तालाई प्रोत्साहन भएको स्थानीय कांग्रेस नेताहरुको भनाइ छ ।
स्याङ्जा जिससमा नेपाली कांग्रेस र नेकपा एमालेको बराबरी सिट भएपछि गोला प्रथाबाट नेतृत्व चयन गर्ने सहमति भएको थियो । सोही सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व चयन गर्दा सभापतिमा जिटी चुनिएका हुन् ।
एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११/११ जना निर्वाचित भएपछि प्रमुखसहित चार सदस्य र उपप्रमुखसहित पाँच सदस्य रहने गरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपप्रमुखसहित पाँच सदस्य एमालेलाई परेको हो ।
प्रमुखसहित चार सदस्य नेपाली कांग्रेसले पाउने भएपछि स्याङजा कांग्रेसले बैठकमार्फत उम्मेदवार टुङ्ग्याएको कांग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसले प्रमुखमा श्रीप्रसाद जिटी, सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणलाई सिफारिस गरेको थियो ।
पार्टीमा लामो समयसम्म संघर्ष गरेको र पार्टीप्रति देखाइएको योगदानको कदर गर्दै समन्वय प्रमुखमा जिटीलाई पठाउने निर्णय गरिएको प्रवक्ता लम्सालले बताए । जिल्ला सभाका प्रमुख र उपप्रमुखमा जिससकै प्रमुख र उपप्रमुख रहने व्यवस्था छ । जिसस गठन भएसँगै जिल्ला सभा गठन हुनेछ । जसमा नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख पदेन सदस्य रहनेछन् । यसअघि २०७४ को निर्वाचनबाट जिससको अध्यक्ष, उपाध्यक्षसहित सबै प्यानलमा नेकपा एमाले विजयी भएको थियो ।
समान मतभार रहेका नेपाली कांग्रेस र एमाले बीच गोलाप्रथा हुँदा अध्यक्ष नेपाली कांग्रेसलाई परेको हो । जस्को लागि नेपाली कांग्रेस स्याङ्जाले श्रीप्रसाद जिटी जस्तो संगठनकर्तालाई अवसर प्रदान गर्ने गरेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।
२०३१ सालमा नेबिसंघ स्याङ्जाको संस्थापक सभापति, नेपाली कांग्रेस स्याङ्जाको पूर्वपार्टी सभापति, ०३१ सालकाे बम काण्डका नाईके रहेका जिटीले बीपी कोइरालाको मुद्दासमेत खेपको स्याङजा पत्रकार समाजका अध्यक्ष तथा कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं यूवा नेता इन्द्रबहादुर रिजालले जानकारी दिए ।
रिजालका अनुसार प्रतिबन्धित समयमा पार्टीको लागि पाँच वर्ष जेल जीवन बिताएका उनले साे समयमा आई.ए पास गरेका थिए । घर्ती परिवारमा जन्मिएर पनि राजनीतिक चेतना लिएर आफू बन्नु भन्दा समाज बनाउन हिँड्दाको पीडा उनले समय समयमा सुनाउँदै आएका छन् । खानामा सातु र खाली खुट्टा गाउँ घुमेर कांग्रेस संगठन विस्तारमा लागेका जिटीले परिवारलाई भन्दा राजनीतिलाई बढी महत्व दिएर समय दिदै आएका थिए ।
अहिले स्याङजा कांग्रेस र स्थानीय नेताहरुले जिटीको योगदान र संगठनप्रतिको निष्ठालाई कदर गरेको अध्यक्ष रिजालले बताए । बिगतमा भएको स्याङ्जा कांग्रेसको नेतृत्व अवसरवादी सोच, कसैले जीवनभर अवसर लिइरहने तर निष्ठावान् पार्टी, देश र जनताको लागि जीवन सर्मपितलाई अवसर नदिँदा स्याङ्जा कांग्रेसमा बितृष्णा आएको थियो । अहिले उनलाई अवसर दिइएको भन्दै युवा कांग्रेसहरु पनि खुशी रहेका छन् ।
७१ वर्षसम्म पार्टीमा उनले दिएको योगदानको अहिले उच्च मूल्याङ्कन भएको र यसले पार्टीप्रति योगदान गरेका एक सच्चा सिपाहीलाई ठूलो न्याय गरेको अनुभूति पञ्चायती निरंकुशता बिरोधी आन्दोलनका एक अटल नायक, प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चाका कमान्डर, अत्यन्तै शालिन, भष्ट्राचार बिरोधी, नेपाली कांग्रेस स्याङ्जाका धरोहर, वालिङ नगरपालिकाका पुर्वमेयर भोजराज अर्यालले आज सामाजिक सञ्जाल फेसबुकमा एक लामो टिप्पणी लेख्दै नेता जिटीका बारेमा प्रकाश पारेका छन् । । साथै यसले स्याङ्जा काग्रेसको छबिलाई माथि उठाएको र स्याङजामा कांग्रेसले गौरव गर्न लायक इतिहासको शुरुवात गरेको धेरैको बुझाई छ ।
यस्तो छ जिटीको राजनीतिक यात्रा
पुर्वमेयर एवं कांग्रेस स्याङ्जाका धराेहर भोजराज अर्यालका अनुसार आठ वर्षको कठोर काराबासबाट मुक्त भएपछि बीपी काेइराला नेपालमै बसेर निरङ्गकुता बिरुध्द संघर्ष गर्न चाहन्थे तर उनलाई भौतिकरुपमै समाप्त गर्ने प्रयासहरु भए । पछि बीपी साथीहरुको दवावका कारण भारत गए । यता नेपालमा राजा महेन्द्रले कम्युनिष्टहरुसँग मिलेर कांग्रसलाई समाप्त पार्ने योजना बनाउन थाले । जस अनुसार सो समयका उग्रकांग्रेस बिरोधि कम्युनिष्टका नेताहरुलाई राज्यका महत्वपुर्ण निकायहरुमा प्रवेश गराउने अञ्चलाधीश बनाउने मन्त्री र राजाका वरिष्ट सल्लाहाकारमा नियुक्ति गर्ने काम भएकाे थियाे ।
“माओत्सेतुङ, लेलिन लगायत तत्कालिन कम्युनिष्ट फिलोसपीका दस्ताबेजहरु, रेडबुकहरु माओका लकेटहरु राज्यले आयात गर्ने र जनस्तरमा बितरण गर्ने, कांग्रेस बिरोधि लेखकहरुद्वारा कांग्रेसका बिरुद्धमा जनमत तयार गर्ने र कांग्रेसको मुखपत्र तरुण पत्रिका पढ्दा देशद्रोही हुने परिस्थिति निर्माण गरेका थिए । यसलाई बीपीले ‘डिएन अडिट फर्मुला’ भनेका थिए ।
मण्डले राजावादी कम्युनिष्टको साँठगाँठ अन्तर्गत जनकपुरमा सरोज कोइराला, काठमाडौंमा योगेन्द्रमान शेरचन र मच्छिन्द्र पाठक, गुल्मीमा शमशेरबहादुर लगायत धेरै नेता कार्यकर्ताको शृखलाबध्द हत्या गर्न थालेपछि बीपी कोइरालाले पुनः सशस्त्र बिद्रोहको आब्हान गरेका थिए । उक्त आब्हान अनुसार स्याङ्गजामा शिबकुमार अधिकारी ,श्रीप्रसाद घर्ति, तारापति सुवेदी, सुन बहादुर गुरुङ,लगायत दर्जनबढी योध्दाहरु बिद्रोहमा सामिल भएर बनारस गई बीपीलाई भेटेर राजनीतिक निर्देशन लिएर फारबिसगञ्ज आएर गिरिजाबाबुसँग हतियार नेपाल लिएर आउने मध्येका एकजना योध्दा हुन श्रीप्रसाद घर्ती ।
हतियार ल्याइसकेपछि निर्देशन अनुसार अपरेशन गर्ने इन्चार्ज थिए सुनबहादुर गुरुङ । यो बिद्रोह सूचना लिक भएपछि सफल हुन सकेन । यसमा संलग्न प्राय सबै पक्राउ परे र चरम यातना सहेर लामै समय जेल जीवन बिताए । यसलाई स्याङ्गजा बमकाण्ड भनेर काग्रेस जान्नेहरुले सम्झिन्छन् । २०४६ पछि कांग्रेस लामो समय सत्तामा आसिन छ तर स्याङ्जा बम काण्डमा जोडिएका मध्ये अपबाद बाहेक कसैलाई पनि पार्टीले सम्झन आवश्यक ठानेन् ।
एकजना ठालुनेता मन्त्री भइरहने क्रममा केही दिन स्याङ्गजा बम काण्डका नायकलाई ड्राइभर बनाएका थिए । स्याङ्जा बमकाण्डपछि जन्मिएका ठालुनेताहरुको असहमतिका बाबजुद बीपीलाई लागेको राज्य बिरुध्द बिप्लपसहितका सात मुद्दामध्येको एक मुद्दाका कारक स्याङजा बमकाण्डका नायक श्रीप्राद घर्तीलाई जिल्ला समन्वय समितिको सभापति बन्ने अवसर प्रदान गरेकोमा जिल्ला कार्यसमिति स्याङजाका सभापति राजु थापा धन्यवादका पात्र बनेका छन् ।” नेता अर्यालले फेसबुकमा लेखेका छन् ।
श्रीप्रसाद जिटी स्याङ्जाली माटोमा लोकतन्त्रको बिज अंकुरण गराउन बमबारूदसँग खेलेको ऐतिहासिक विरासत हो । श्रीप्रसाद जिटी, शिवकुमार, विश्वप्रेम, वेदप्रसाद पनेरू, तारापति सुवेदी लगायतले एउटा युग चेतनाको प्रतिनिधित्व गर्दछन् । श्रीप्रसाद जिटी जस्तो पुरानो नेताले ठाउँ पाउँदा त्यो सबै लोकतन्त्रवादीहरूका लागि लागि गर्वको कुरा भएको यूवा नेता रिजालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार