थारुलाई मात्र लाग्ने सिकलसेल सम्बन्धी अस्पताल खोल्न माग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_2iMmAyes8c.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार २३:१७:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/tharu_RAM0KiJTv5.jpg)
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद तेजलाल चौधारीले थारुलाई मात्रै लाग्ने सिकलसेल इमिनिया नियन्त्रणका लागि अनुसन्धानमा मात्रै सीमित नभएर लुम्बिनी र सुदूरपश्चिममा त्यस रोगसम्बन्धी अस्पतालसमेत स्थापना गर्न माग गरेका छन् ।
विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा
भाग लिँदै उनले तराई–मधेसका थारु जातिको स्वास्थ्यमा सरकारले ध्यान दिन नसकेको तथा सरकारी क्षेत्रका अस्पतालमा सुविधा, जनशक्ति र क्षमता बढाउन आग्रह गरे ।
सांसद चौधरीले सरकारका नियुक्तिमा समावेशीताका आधारमा नियुक्त गर्न पनि आग्रह गरे । नेकपा (एमाले) का सांसद डा विजय सुब्बाले सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने निर्णयले नेपाली भाषालाई समाप्त पार्ने बताए । उनले सरकारले त्यस्ता गलत कार्य गर्न कुनै स्वार्थ समूहले प्रभावित पारिरहेको आशङ्का व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशचन्द्र दासले मुलुकको अधिकांश बजेट सहरी क्षेत्रमा विनियोजन गरिएको र तर अत्यधिक जनता बसोबास गर्ने गाउँका बासिन्दाको आधारभूत सुविधा दिन सङ्घीयता अनुकूल बजेट विनियोजन हुन नसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार
लालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
जेठ २८ यता बाढी र पहिराेमा परी ७४ जनाको मृत्युः ८८ घाइते, १६१ घर डुबानमा
असार २४, २०८१ सोमबार
श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
असार २४, २०८१ सोमबार