‘दसलिम्बुवान सत्रथुमको नीति’ नामक पुस्तक सार्वजनिक
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार २३:५१:१३
२९ जेठ, काठमाडौं । याक्थुङ लिम्बुको इतिहास, भाषा, संस्कार, संस्कृतिका विषयमा जानकारी दिन ‘दसलिम्बुवान सत्रथुमको नीति’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीले पुस्तक लेख्नुभएको हो । २९४ पृष्ठको पुस्तकमा लिम्बुको धर्म, दर्शन, विवाह, मुन्धुम, गोर्खा सिक्किम लडाइँ, गोर्खा लिम्बुवान लडाइँ, लिम्बु र सिक्किमको सम्बन्ध, याक्थुङ्बा लिम्बु र सेनसँगको सम्बन्ध, दशलिम्बुका केही नीतिहरू, दसलिम्बु, याक्थुङलगायत विषयका सामग्री समावेश गरिएको छ ।
तेजेन्द्र कुरुम्बाङ्ले प्रकाशन गरेका हुन् पुस्तकको मूल्य रु ६५० तोकिएको छ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले आज याक्थुङ कुरुङवाङ सङ्जुम्बोको आयोजनामा भएको कार्यक्रममा पुस्तक विमोचन गरे ।
कार्यक्रमलाई सम्बोधन गदैँ उनले मुलुक अहिलेको अवस्थामा आइपुग्नुमा विभिन्न जातजाति, भाषाभाषीको योगदान रहेकाले यसलाई भुल्न नहुने बताए । सबैको भाषा, संस्कृति बुझेर चिनारी गरिनुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले लिम्बुको इतिहास लेखनमा पुनर्जागरण भएको बताए । खोज, अनुसन्धान गरी लेखिएका पुस्तकले विगतका कमी कमजोरी सच्याउन सहयोग पुग्ने उनको भनाइ थियो ।
पूर्वराज्यमन्त्री सीता गुरुङले नेपालको पूर्वी भागमा लिम्बुकै इतिहासको महत्व रहेको बताए । लिम्बु जातजातिका थप इतिहासको खोजी गरी प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिनुपर्ने उनको विचार थियो ।
पुस्तकका विषयमा समीक्षा गर्नुहुँदै प्रा बालकृष्ण माबुहाङ र मदन पुरस्कार विजेता भगीराज इङ्नामले नेपालमा बसोवास गर्ने प्रत्येक जातजातिका विषयमा यस्ता खोजपूर्ण पुस्तक सार्वजनिक गरिनुपर्नेमा जोड दिनुभयो । लिम्बु जातिका विभिन्न पक्षका विषयमा खोज गरी लेखिएको पुस्तक उपयोगी हुने उनीहरुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार