लाखौँ मूल्य बराबरको अवैध सामान बरामद
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ सोमबार १३:८:५३
३० जेठ महोत्तरी । सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
महोत्तरीको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले रु ५२ लाख १० हजार मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो ।
ना ३ ख ४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको अवस्थामा संघीय सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको बाहिनी मुख्यालयले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठलाई बरामद भएको सामान र ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बाहिनी मुख्यालयले जनाएको हो । यसअघि भन्सार छलीका सामान सीमा क्षेत्र वरपर नै फेला परे पनि यस घटना भने जिल्लाको सीमा भारतीय सीमानाका भिठ्ठामोरबाट ५० किलोमिटर उत्तर बरामद भएको हो ।
सामानबाहेक नियन्त्रणमा लिइएको ट्रकको मूल्य २० लाख करिब भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार