प्रदेशसभा सदस्य कादरीद्वारा कम्प्युटर सहयोग
नेपालबहस संवाददाता
जेठ ३०, २०७९ सोमबार १७:२७:३२
३० जेठ, वीरगंज । मधेस प्रदेशका प्रदेशसभा सदस्य पश्मिना कादरीले पर्साको वीरगंजस्थित नापी कार्यालयलाई आवश्यक कम्प्युटर र प्रिन्टर उपलब्ध गराएका छन् । सो कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई थप प्रभावकारी बनाउन उनले व्यक्तिगत खर्चबाट करिब रु तीन लाख २० हजार १२९ बराबरको चार थान कम्प्युटर र रु एक लाख ६९ हजार ५०० बराबरको दुई थान को प्रिन्टर उपलब्ध गराएका हुन् ।
उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुन् । नापी कार्यालयका प्रमुख नारायण कुमार श्रेष्ठले उपलब्ध सामग्रीबाट सेवा प्रवाहमा सहज हुने जानकारी दिए । कार्यालयको आवश्यक कागजातको कम्प्युटर प्रणालीमा अभिलेखीकरण नहुँदा सेवा प्रवाहमा ढिलाइ हुँदै आएको थियो । अब विस्तार सेवा प्रवाह सुधार आउने कार्यालयको जनाएको छ ।
विद्यालय भवन निर्माण सुरु
जिल्लाको बिन्दवासिनी गाउँपालिका–२ स्थित राधाकृष्ण माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण सुरुआत भएको छ । उक्त भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ३६ लाख सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए । भौतिक संरचना कमजोर भएका विद्यालयका भवन निर्माणमा सहयोग गर्दै जाने गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार