सशस्त्रमा व्यक्ति विशेषका लागि नियमावली संशोधनको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १७:१६:४८
३१ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलमा व्यक्ति विशेषलाई लक्षित गरेर नियमावली संशोधनको तयारी भएको छ । एसपी भएको ३ वर्षपछि एसएसपीको बढुवा हुने प्रावधान राखेर नियमावली संशोधन गर्न लागिएको हो । हाल एसपी भएको ४ वर्षपछि मात्रै एसएसपीमा बढुवा हुन पाउने प्रावधान रहेको छ ।
सोही प्रावधान अनुसार सोमबार सशस्त्र प्रहरीका ९ जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । एसपी भएको चार वर्षपछि उनीहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । बढुवा समितिले दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनीकुमार पोख्रेल, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापालाई बढुवा गर्न सिफारिस गरेको हो । यसअघि उनीहरु कामु एसएसपी थिए ।
अहिले सशस्त्र प्रहरीमा १३ जना कामु एसएसपी रहेका छन् । उनीहरुको बढुवा अवधि नपुगेका कारण कामु रहेका हुन् । त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाई दीपेन्द्र कुँवर लगायतका १३ जना रहेका छन् । हाल उनै कुँवरले नियमावली संशोधन गराई आफू बढुवा हुने तयारीमा लागेका छन् ।
‘एसएसपीमा बढुवा हुन ४ वर्ष सेवा गरेको हुनुपर्ने नियमलाई हटाएर अब एसएसपीमा बढुवा हुनका लागि ३ वर्ष सेवा गरेको भएपनि योग्य मानिने व्यवस्था गर्न लागिएको छ’, मन्त्रालय स्रोतले भन्यो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ४० को उपनियम १ मा ‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ’ भनिएको छ ।
त्यसैगरी नियम ४० को उपनियम २ मा ‘उपनियम १ मा जुनसुकै कुरा लेखिएको भएतापनि सशस्त्र प्रहरी नायव महानिरीक्षक र सोभन्दा माथिल्लो पदमा बढुवा हुन न्युनतम सेवा अवधिको हद लाग्ने छैन’ भन्ने उल्लेख छ । अर्थात् एसएसपीसम्म बन्न त्योभन्दा तल्लो तहमा कम्तीमा चार वर्ष सेवा पूरा गरेको हुनुपर्नेछ भने डीआईजी बन्न वा त्योभन्दा माथिल्लो पदमा जानका लागि सेवा अवधि लागू नहुने कुरा उल्लेख छ । तर सशस्त्र प्रहरीले यो व्यवस्थालाई हटाएर एसएसपीमा बढुवाका लागि आवश्यक सेवा अवधि चार वर्षलाई घटाएर तीन वर्ष कायम गर्न संशोधनको प्रस्ताव गरेको छ ।
अहिले भने एसएसपीको बढुवा अवधि ३ वर्ष बनाउदा अहिलेका कामु एसएसपी दीपेन्द्र कुँवरलाई सहज बनाउने थरी संशोधन गर्न लागिएको छ । उनी यसैपटक डीआईजी हुने र निकट दिनमा आईजीपी हुने गरी तयारी थालेका छन् । कामु एसएसपी कुँवरले आफ्ना व्याचका सबैलाई टप गरेर कन्फर्म एसएसपी हुने दाउमा लागेका छन् । उनले सबै प्रकारका नियमावली संशोधन गर्न दबाब दिइरहेका छन् ।
यसअघि नियमावली संशोधन गरेर सेवा अवधि घटाउनका लागि सशस्त्र प्रहरीका तत्कालिन महानिरीक्षक शैलेन्द्र खनालले समिति गठन गरेका थिए । सुझाव दिनेगरी गठन गरिएको समितिमा तत्कालिन आईजीपी खनाल निकट भनेर चिनिएका डीआईजी नारायण दत्त पौडेल संयोजक थिए ।
आईजीपी अर्यालले सेवा अवधि घटाउने लगायतका प्रस्ताव राखेर तयार पारेको नियमावली संशोधन प्रस्तावसहितको पत्र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखामा पठाइसकिएको भएपनि अहिले विचराधीन अवस्थामा छ । समितिले एसएसपीमा बढुवाका लागि सेवा अवधि तीन वर्ष बनाउने गरी नियमावली संशोधनको सुझावसहितको प्रतिवेदन दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सैफअली खान माथी मध्यरातमा आक्रमण गर्ने तीन जना पक्राउ
माघ ३, २०८१ बिहिबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार