भोलिदेखि समृद्धि फाइनान्सले पौने ८ लाख कित्ता शेयर लिलामीमा बिक्री गर्ने
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १८:३५:४५
३१ जेठ, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भोलि १ असार बुधबारदेखि सात लाख ७२ हजार ६६६ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल सात लाख ७२ हजार ६६६ कित्ता शेयर लिलामीमा बेच्न लागेको हो । यो लिलामी शेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी वा अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
बोलपत्र काठमाडाैंको नक्सालस्थित बीओके क्यापिटल मार्केट, समृद्धि फइनान्सको केन्द्री कार्यालय हेटौँडा, शाखा कार्यालयहरु काठमाडाैं, नारायणगढ, पोखरा र बुटवल तथा बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा पेस गर्न सकिनेछ ।
यो लिलामी शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ ।
अधिकतम शेयरका लागि भने कुनै हद लाग्ने छैन । बोलपत्र ९ असारमा बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार