टेण्डर र कमिशनको घुमाउरो चक्करले निरिह बनेका मलमन्त्री यादव
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार १८:४५:५५
३१ जेठ, काडमाठौं । यतिबेला देशभरका कृषकका खेतबारीदेखि संघीय संसदसम्म मलकै चर्चा छ । मल व्यवस्था गर्न नसकेकै कारण कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादव निरीह मात्रै देखिएका छैनन् । सडकदेखि संसदसम्म सरकारको भन्दा अहिले मलमन्त्री भन्दै उनकै चर्चा छ ।
मन्त्री यादवले उक्त मन्त्रालय सम्हालेको एक वर्ष पुग्न लाग्यो तर, मल कताबाट र कुन प्रक्रियाबाट ल्याएर बाली लगाउन तयार भएर बसेका किसानलाई दिने हो ? उनले अहिलेसम्म पत्तो पाएका छैनन् । मल दिन नसक्ने मन्त्री उनी मात्र हैनन् । यसअगाडिका सबै कृषिमन्त्री समयमा मल उपलब्ध गराउन असफल भएकै हुन् ।
समयमा मल अभावको समस्याले दशक बिताएको छ । तर, अहिलेसम्म सबैको उत्तर उही आउँछ कि झन्झटिलो टेण्डरको प्रक्रिया र कमिशनको चक्कर । विडम्बना के छ भने कमिशन मिल्छ, टेण्डरको प्रक्रिया मिल्दैन र समयमा किसानले मल पाउँदैनन् । यो नियमित समस्यामाथि कुनै पनि सरकार गम्भीर भएका छैनन् । अहिलेसम्म सरकार र कृषि मन्त्रालयमा नपुगेका दल संसदमा छैनन् । अवाज उठाउने परम्परा पनि प्रतिपक्षमा पुगेपछि मात्रै छ ।
कुनै पनि राजनीतिक दल र सरकारका निकायहरु लामो समयदेखि नेपाली किसानले भोग्दै आएको मलको समस्याबाट अनविज्ञ छैनन् ।रसायनिक मलको अभाव टार्न नेपालमा प्रत्येक वर्ष ७ लाख मेट्रिक टनभन्दा बढी रसायनिक मलको जोहो गर्न आवश्यक हुन्छ । तर, मागको तुलनामा न्यून मात्रामा रसायनिक मल भित्रसमेत सकेको छैन ।
नेपाल सरकारले रसायनिक मल आयातको जिम्मा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनलाई दिएको छ । उनीहरुलाई पनि टेण्डर र कमिशनले नै बेरेका कारण पर्याप्त मात्रामा रसायनिक मल ल्याउँन सकेका छैनन् । तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा यस्तै समस्या आएपछि उनले बंगलादेशसँग मल पैँचो मागेका थिए ।
शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज भन्ने दुई ठेकेदार कम्पनीले सरकारसँग मल ल्याउने सम्झौता गरेर समयमा मल नल्याएका कारण मलको हाहाकार भएपछि ओलीले फोनबाट मल पैँचो मागेका हुन् । त्यसकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग टेलिफोन कुराकानी त गरे तर, भनेअनुसार आएन् ।
अहिलेको देउवा नेतृत्वको सरकारले भारत सरकारसँग जीटूजीमार्फत मत आयात गर्ने सहमति गरेको एक वर्ष पुग्न लाग्यो तर टेण्डर र कमिशन अझै मिलेको छैन । मलका लागि मन्त्री यादव आफै भारत पुगे पनि मल आएन । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले अहिले भारतले नेपाललाई चाहिएको मल दिन तयार भएको बताएका छन् ।
राजदूत शर्माले भनेका छन्,‘ भारत मल दिन तयार छ । नेपालले आवश्यक मात्रामा मल लान सक्छ तर ढुवानी भने नेपाल सरकारले नै गर्नुपर्छ । तर, सरकराले ढुवानी गरेर भारतबाट मल ल्याउने आँट गरेको छैन् । कृषिमन्त्री यादव भन्छन्,‘भारत सरकारसँग जीटूजी सम्भौता हुँदा नेपालको बोर्डरमा ल्याएर छाडिदिने भनेको छ । हामी उहाँ गएर मल ल्याएर दिन सक्दैनौ ।
सरकारले नीति तथा कार्यक्रममा यो वर्ष ३० प्रतिशत धान उत्पादन बढाउने र खाद्यान्नको आयात घटाउने भनेको छ । तर, यही वर्ष किसानलाई दिने मल छैन् । सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा ‘ग्रीन हाइड्रोजन र ग्रीन प्रविधि प्रयोग गरी रसायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डमार्फत कार्य अगाडि बढाइनेछ भनेको छ । तर किसानलाई तत्काल मल चाहिएको छ ।
प्रतिनिधिसभामा सांसदका प्रश्नको उत्तरमा कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले भने अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल ल्याउन नसकिएको जवाफ दिएका छन् । उनले भनेका छन्,‘मल खरिद गर्ने साल्ट ट्रेडिङ कम्पनीबाट २० हजार टन डीएपी मल प्राप्त भएको छ । २२ हजार टन युरिया असार अन्तिम सातादेखि प्राप्त हुने सम्भावना छ ।’
मन्त्री यादवले कृषि सामग्रीले ल्याउने ३० हजार टन युरिया असारको दोस्रो सातादेखि प्राप्त हुने र २० हजार टन डीएपी असारको तेस्रो सातादेखि प्राप्त हुने सम्भावना देखाएका छन् । जीटूजीका माध्यमबाट भारतबाट मल किन्ने डेढ लाखमध्ये ५० हजार टन युरिया असारको अन्तिमसम्म आउने सम्भवना छ ।
मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार टन र साल्ट ट्रेडिङले १ लाख १७ हजार टन गरी २ लाख २२ हजार टन रासायनिक मल ल्याउन खोजेकामा समयसीमाभित्र आपूर्तिकर्ताले उपलब्ध गराउन नसक्दा अभाव भएको गुनासो उनको छ ।
कृषिमन्त्री यादवले असारमै किसानले पर्याप्त मल प्राप्त गर्छन् भनेर विश्वस्त गराउन भने सकेका छैनन् । उनले सम्भावना र यसअघि भएका गतिविधिबारे संसद्लाई जानकारी गराएका छन् । समयमै आपूर्ति गर्न नसक्ने कम्पनीसँगको ठेक्का रद्द गरी कारबाही प्रक्रिया थालिएको छ ।
महत्वपूर्ण विषय के छ भने युरिया, डीएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न २ पटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेपनि यसैमा कमिशनको चक्कर छ । मन्त्री आफैले पनि कमिशनको चक्करले पनि समस्या थपेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार