पार्किङ व्यवस्थित गर्न ट्राफिक प्रहरी पर्साको अभियान
आबिद हुसेन
जेठ ३१, २०७९ मंगलबार १९:४७:४५
३१ जेठ, बीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बीरगञ्ज क्षेत्रमा देखिएको जथाभावि पार्किङलाई व्यवस्थित अभियान नै सुरु गर्न लागेको छ ।
जथाभावि पार्किङ गर्दा आउजाउमा अवरोध हुनुका साथै सडक जाम हुने समस्या बढेकाले व्यवस्थित पार्किङका लागि अभियान चलाउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुवप्रसाद दाहाल बताउँछन् ।
ट्राफिक प्रहरी कार्यालयले सामूदायिक प्रहरी सेवा केन्द्र मुर्लीसँगको सहकार्यमा मंगलबार पावरहाउदेखि प्रतिमाचोकसम्मको विभिन्न स्थानमा ट्राफिक निषेध अंकित बोर्ड लगाएको छ ।
यातायात व्यवस्था कार्यालय तथा अस्पताल र विद्यालय त्यसै क्षेत्रमा रहेको र ठूला सवारी आउजाउ गर्ने सडक पनि त्यही भएकाले सडकको दायाबाँया जथाभावि पार्किङ गर्दा दुर्घटना हुनुका साथै सडक जाम हुने समस्या बढी भएपछि व्यवस्थित पार्किङ अभियानको सुरुवात त्यही बाट गरिएको प्रहरी निरीक्षक दाहालले जानकारी दिए ।
जानकारीमुलक बोर्ड लगाउँदै त्यहाँ भेटिएका नागरिकलाई ट्राफिक व्यवस्थापन, सडक लेन, सवारी पार्किङ लगायतका बारेमा जानकारी दिएको पनि उनले बताए । सवारी पार्किङ व्यवस्थित नहुँदा वीरगञ्जमा ट्राफिक समस्या देखिने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले अब वीरगञ्ज महानगरसँगको सहकार्यमा वीरगञ्जको मुख्य बजारदेखि ग्रामिण क्षेत्रसम्मै ट्राफिक सचेतना अभियान अघि बढाउने तयारी गरेको पनि प्रहरी निरीक्षक दाहाल बताउँछन् ।
महानगरमा व्यवस्थित रुपमा सवारी आउजाउका साथै सर्वसाधारण पनि सडकमा सहजै हिँड्ने वातावरण बनाउन व्यवस्थित पार्किङ हुनु जरुरी छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार