प्रदेशको बजेट आज, पुराना योजना र मुख्यमन्त्रीका प्रचारमुखी कार्यक्रममै सबैको प्राथमिकता
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार १६:३१:५०
१ असार, काठमाडौं । प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । सातै प्रदेशका सरकारको पाँच वर्षे कार्यकालको यो नै अन्तिम बजेट पनि हो । बजेटमा सबै प्रदेशका उदेश्य भने पुराना कार्यक्रमलाई निरन्तरता, मुख्यमन्त्रीका नाममा रहेका योजनालाई प्राथमिकता मात्र रहेका छन्।
आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन् ।
पुरानै योजनाको निरन्तरता, मन्त्री तथा मुख्यमन्त्रीका नाममा प्रचारमुखी र वितरणमुखी कार्यक्रमहरुलाई प्राथमिकतामा परेका छन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन– २०७४ अनुसार सबै प्रदेशले असार १ मा आगामी आर्थिक वर्षको आयव्यय (बजेट) संसदमा पेस गर्नुपर्ने व्यवस्था छ ।
बजेट ल्याउनुपर्ने मिति नै कानुनले तोकिदिएपछि सबै प्रदेशले आगामी आर्थिक वर्ष ०७९/८० का लागि आज बजेट ल्याउन लागेका हुन् ।सबैजसो प्रदेशले आफ्नो आम्दानी र खर्च क्षमतालाई भुलेर आगामी आर्थिक वर्षका लागि ठूलै आकारको बजेट ल्याउँदैछन् ।
बजेट निर्माणमा संलग्न अधिकारीहरूको भनाइ अनुसार केही आशा जगाउने कार्यक्रम रहे पनि धेरैजसो पुरानै योजनाको निरन्तरता, मन्त्री तथा मुख्यमन्त्रीका नाममा प्रचारमुखी र बजेट वितरणमुखी कार्यक्रमहरूले प्राथमिकता पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार