माधव नेपालको ब्रिफिङ,‘हार्ने डरले कतिले टिकट फिर्ता दिएर हिँडे, कतिले टिकट नपाएर पार्टी छाडे’
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार २१:४९:५०
१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा आफुले भोगेको पिँडा सुनाएका छन् । उनले चुनावमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता दिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् ।
मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने कामसमेत भएको गुनासो गरेका हुन् । अध्यक्ष नेपालले ७ वटा कारणले पार्टीले स्थानीय तहको निर्वाचनमा अपेक्षित मत ल्याउन नसकेको निष्कर्षसहित छलफलका लागि प्रतिवेदन पेस गरेका छन् ।
जसअनुसार पहिलो गठबन्धन भई हाल्छ भने आफ्नो तयारीमा नलाग्ने, दोस्रो आफूलाई केन्द्रमा राखेर गठबन्धन गर्न चाहाने अर्थात हाम्रो संगठन जहाँ तुलनात्मक रुपमा बलियो छ, त्यहाँ लिन जोड गर्नुपर्ने, त्यस्तो नगरी व्यक्तिलाई केन्द्रमा राखेर सिट लिन चाहने कार्य स्थानीय पार्टीपंक्तिमा देखापरेको नेपालको भनाइ छ ।
गठबन्धन हुँदा उम्मेदवारी दिन तँछाडमछाड गर्ने, तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी पनि फिर्ता लिने, चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्रै ठान्ने गरेको बताए ।
पार्टीको टिकटबाट दिइएको उम्मेदवारी फिर्ता लिने, आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने,आफ्नो वास्तविक शक्ति र प्रभावको आंकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आंकक्षा राख्ने कार्य देखापरेको भन्दै अध्यक्ष नेपालले आगामी चुनावमा यसबाट पाठ लिनुपर्नेमा जोड गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार