म देशलाई आघात पुर्याउने कुनै पनि सन्धी र सम्झौता गर्दिनः प्रधानमन्त्री देउवा
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार २२:७:२३
१ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना आफुले कुनै पनि सन्धी र सम्झौता नगर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलपछि उनले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राख्दैमा वा दवाव दिँदैमा आफूले नमान्ने स्पष्ट पारेका छन् ।
शीर्ष नेताबीचको छलफलबारे जानकारी दिदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति नभई प्रधानमन्त्री देउवाले कुनै पनि सम्झौता सहमति नगर्ने बताएको जानकारी दिए ।
संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बारे सार्वजनिक बहस चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्षनेताहरुबीच एसपीपी सम्झौताका विषयमा छलफल भएको थियो । छलफलमा संसदमा छलफल जारीरहेको बजेट पारित गर्ने लगायतका विषयमा पनि कुराकानी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार