अर्थमन्त्री शर्माले मेरो मन्त्रालयको साढे १० अर्ब बजेट काटेर लगे: मन्त्री आले
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार २३:२१:२६
१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्ब बजेट अर्थमन्त्री जनार्दन शर्माले नसोधी कटौती गरेको आरोप लगाएका छन् । उनले आफ्नो मन्त्रालयबाट काटिएको बजेट केमा र केका लागि खर्च गर्न लागिएको हो भन्ने समेत आफुले थाहा नपाएको बताए ।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले कार्यक्रम धेरै भएको र कोरोना माहामारीका कारण यसपटक आफ्नो मन्त्रालयलाई बढी बजेट चाहिने भन्दा भन्दै र गत वर्षको भन्दा नघटाउन पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट काटिदिएको बताए ।
बजेट कटौती गरिदिँदा स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम प्रभावित भएको भन्दै उनले बजेटको आकार बढ्दा पर्यटन मन्त्रालयको भने कटौती गरिनु राम्रो नभएको बताए । मन्त्री आलेले अथमन्त्रीले पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधारै नभएको जस्तो व्यवहार गरेकोमा आक्रोस पोखे ।
बजेटको आकार ९.८ प्रतिशत बढ्ने, तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकिने उनको भनाइ छ । मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार