रौतहटबाट नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
आबिद हुसेन
असार २, २०७९ बिहिबार १७:५१:८
२ असार, बीरगञ्ज । सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले बिहीबार बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारतीय २ हजार दरका २३ थान र ५ सय दरका १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।
ससस्त्र प्रहरी नायव निरीक्षक जयराम यादवको नेतृत्वमा खटेको टोलीले बंकुल बजारमा रहेको बाल्मिकी चिया पसलमा चिया खाइरहेको बेला नक्कली नोटसहित सक्सेनालाई पक्राउ गर्न सफल भएको हो ।
सूचनाको आधारमा पुगेको ससस्त्र प्रहरीको टोलीले चिया खाएर बसिरहेका सक्सेनाको शरीर जाँच गर्दा उनको साथबाट नक्कली नोट बरामद भएको थियो ।
नक्कली नोटसहित पक्राउ परेका सक्सेनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बंकुलमा बुझाइएको पनि ससस्त्र प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार