व्यासगुफादेखि छिम्केश्वरी जोड्न पदमार्ग
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १८:४८:४४
२ असार , दमौली । गण्डकी प्रदेश सरकारले तनहुँको धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल छिम्केश्वरीसम्म जोड्ने पदमार्ग निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभामा आगामी वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै व्यासगुफाबाट छिम्केश्वरीसम्म पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको उल्लेख गरे ।
एक स्थानीय तहः एक प्रमुख पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यअनुरुप व्यासगुफाबाट छाब्दी–कर्लुङ–रामकोट–बन्दीपुर–हिलेखर्क–छिम्केश्वरी पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री बरालले बताए । सदरमुकाम दमौलीमा रहेको व्यासगुफामा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट समेत भक्तजन आउने गरेका छन् । महर्षि वेदव्यासको जन्मभूमि र जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पदमार्गबाट जोड्ने गरी सरकारले बजेट विनियोजन गर्नु सकारात्मक रहेको दमौली निवासी दिपक भट्टराईले बताए ।
समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । त्यस्तै दमौली अस्पताललाई समय सापेक्ष स्तरोन्नति गरी सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री बरालले बताए । उनका अनुसार दमौली अस्पतालबाट रगत तथा रक्तजन्य पदार्थ निःशुल्करूपमा उपलब्ध गराइनेछ ।
यस्तै सरकारले प्रदेशको गौरवको योजनाका रुपमा रहेको तनहुँको भिमाद–डेढगाउँ–झ्यालवास–चोरमारा–दुम्कीवास–त्रिवेणी सडकखण्ड, शालिग्राम करिडोरलगायतका सडक निर्माण कार्यलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।
उक्त सडकखण्डअन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको मानपुरबाट डेडगाउँ–बुलिङटार सडक कालोपत्रको काम अघिल्लो वर्षबाट सुरु भइसकेको छ । घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सिमानासम्म एघार किलोमिटर सडक कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार