गण्डकी सरकारले दियो करमा छुटैछुट, कसरी उठ्छ राजश्व ?
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १९:२४:१९
२ असार, पोखरा । गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३६ अर्बको बजेट विनियोजन गरेको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा पाँच अर्ब मात्र आन्तरिक स्रोत छ । सरकारले उठाउन सक्ने क्षेत्रहरुमा पनि अधिक छुटको व्यवस्था ल्याएको छ । अधिकांश राजश्व घरजग्गा र व्यवासयबाट उठ्छ । सरकारले तिनै शीर्षकमा भारी छुटको व्यवस्था गरेको छ ।
वार्षिक रुपमा ३०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखतमा पूर्ण छुट दिने व्यवस्था सरकारले बजेटमार्फत गरेको छ । व्यावसायिक कृषि पेसालाई प्रोत्साहित गर्न उद्योगरव्यवसायको नाममा जग्गा खरिद गर्ने लिखतमा लाग्ने रजिष्ट्रेशन शुल्कमा पनि पूरै छुट दिने अर्थमन्त्री रामजी बरालले बताए ।
स्थानीय तहले संकलन गरी बाँडफाँट गर्ने प्राकृतिक स्रोत शुल्क वापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्ने स्थानीय तहलाई प्रोत्साहन स्वरुप थप अनुदान दिने, २०६५र०६६ देखि सवारी साधन कर नबुझाएका र नविकरण नगरेका सवारी साधनलाई फागुन मसान्तसम्म बुझाउन आए जरिवाना छुट दिने बरालको भनाइ छ । घर जग्गा कारोवारमा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहिद र बेपत्ता परिवारका आश्रित पति, पत्नी, छोरा र छोरी तथा माता–पिताको नाममा स्वामित्व हुने गरी लिखतमा सबै शुल्क छुट गरिदिएको छ ।
अपांगता भएका, दलित र पिछडिएको जातिलाई उनीहरुको नाममा स्वामित्व प्राप्त हुँदा ३० लाख रुपैयाँसम्मको थैली अङ्कमा एक पटकको लागि घर जग्गा रजिष्ट्रेशन शुल्कमा २५ प्रतिशत छुट दिएको छ । राष्ट्र बैकको नीति अनुरुप वित्तीय संघ–संस्थाको स्थापना तथा सञ्चालनको सम्भावनाका आधारमा प्रदेश सरकारको वित्तीय नीति तय गरी प्रदेश सरकारको न्यून स्रोतको परिपूर्ति गर्ने बरालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार