बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार १९:२०:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/pregnancy-e1655365796832_7HirxCSv5V.webp)
२ असार, काठमाडौं । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ ।
प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन् ।
प्रदेशभित्रका स्थायी बासिन्दाका लागि रगत, ब्लड ब्याग र परीक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्तसंचार सेवा उपलब्ध गराइने भएको हो । यस्तै प्रदेश सरकारले एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रम थप ६० विद्यालयमा विस्तार गर्ने भएको छ ।
किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य प्रवर्धन तथा परामर्श सेवा प्रदान गर्न एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई ६० विद्यालयमा पुर्याउन रु २८ करोड विनियोजन गरिएको छ ।
यस्तै प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड संचालन गर्ने र किशोरीको पाठेघरको मुखको क्यान्सरको रोकथाम गर्न संघीय सरकारसँग सहकार्य गरी खोप कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमा लागु गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई थप ११९ स्थानीय तहमा विस्तार गरेको छ ।
प्रदेश सरकारले महिलामा हुने पाठेघर खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुलालगायतका समस्याको समयमै निदान गर्ने र निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ । यस्तै कोभिड–१९ महामारी तथा संक्रामक रोगविरुद्ध लड्न कम्तिमा ५० शय्याको सुविधा सम्पन्न प्रदेशस्तरिय सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजनग गरिएको छ ।
प्रदेशले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्ने, रगत, ग्लुकोज, दिसा, पिसाब, कलेजो, फोक्सो, मिर्गौला, महिलामा हुने क्यान्सरलगायतको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा जनता पोषण कार्यक्रम संचालन गरिने र प्रत्येक स्थानीय तहमा कम्तिमा एक नमूना कुपोषण उपचार केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारबाट समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
असार २४, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
नेपाली पात्रो गुगल प्ले स्टोरमा १ करोड डाउनलोड, दैनिक १० लाख प्रयोगकर्ता
असार २४, २०८१ सोमबार
वन्यजन्तुलाई पानी खान जङ्गलमै पोखरी
असार २४, २०८१ सोमबार
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
असार २४, २०८१ सोमबार
अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी
असार २४, २०८१ सोमबार
प्रजनन प्रक्रियामा रहेका सर्प
असार २४, २०८१ सोमबार
रौतहटमा पाँच लाख बढीको अवैध सामान बरामद
असार २४, २०८१ सोमबार