बागलुङ लोकसेवा आयोगको वार्षिकोत्सवमा सम्मान र वृक्षरोपण
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार २०:८:४४
२ असार , बागलुङ । लोकसेवा आयोगको बागलुङ कार्यालयले ७२ औँ वार्षिकोत्सका अवसरमा वृक्षरोपण र सम्मान कार्यक्रम आयोजना गरिएको छ । बुधवार कार्यालय परिसरमा कपुर, पारिजात, हर्रो, कल्कीलगायत बिरुवा रोपिनाका साथै दश वर्षदेखि त्यहाँ सेवारत कार्यालय सहयोगी देवीप्रसाद शर्मालाई सम्मान गरिएको शाखा अधिकृत भुवनहरि अधिकारीले जानकारी दिए ।
शर्मा विगत २८ वर्षदेखि सरकारी सेवामा छन् । लामो समयदेखि निष्ठा र इमान्दारीपूर्वक कार्यालयको सेवामा खटिएकाले उनलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय परिसरको सौन्दर्य बढाउनाका साथै पर्यावरण स्वच्छ राख्न वार्षिकोत्सवका अवसरमा वृक्षरोपण गर्ने सोच पलाएको आयोगका परीक्षा शाखा प्रमुख गोपाल बरालले बताए । आयोग विसं २००८ असार १ गते गठन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार