दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स फेला, पुष्टि हुन बाँकी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०७९ बिहिबार २२:१८:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/vairas_7nnzUG2hN4.jpg)
२ असार, काठमाडौं । दुबईबाट नेपाल आएका एक युवकमा मंकीपक्स भाइरस फेला परेकाे छ । उनी दुबईबाट भर्खर मात्र नेपाल आएका युवक हुन् ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा गएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाे छ । उनी अहिले टेकु अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन् ।
अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।
अस्पतालका अनुसार उनमा एक सातासम्म लगातार ज्वरो आएको थियो । उनी २७ बर्षिय युवक हुन् । आजै दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
तर यो भाइरसको नेपालमा परीक्षण नहुने नभएकाले यो विषयमा छलफलपछि मात्र निर्णय हुने अस्पतालले जनाएको छ । तेसो त मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रुपमा फैलनसक्ने खतरा पनि उत्तिकै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार