राष्ट्रपति भण्डारी र प्रधानसेनापतिबीच एक घण्टा भेटघाट !
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार ११:४०:२५
३ असार काठमाडौं । मुलुकमा अहिले अमेरिकी सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाली सेनालाई सहभागिता जनाउन आग्रह गरेको चर्चा चलिरहेको छ । संसददेखि सदनसम्म यही विषयले प्रवेश पाइरहेका बेला बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको छ । बुधबार साँझ राष्ट्रपतिलाई भेट्न प्रधान सेनापति पुगेको स्रोतको दावी छ ।
राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन । ‘राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि प्रधानसेनापति शर्माले एक घण्टा भेटघाट गर्नु भएको हो,’स्रोतले भन्यो । उनीहरुबीच नेपालको सार्वभौमिकता, स्वाभिमान तथा राष्ट्रियतामा आएको उत्तारचढावको बारेमा कुराकानी भएको स्रोतको दावी छ ।
ऋहिले एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै अवस्थामा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको पत्र सार्वजनिक भैरहेको छ ।
सो पत्रको आधिकारिकता पुष्टि भैसकेको छैन । यो पत्र सार्वजनिक हुनु अघि बुधबार प्रधानसेनापति राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् । सो पत्रबारे नेपाली सेनाले कुनै धारणा सार्वजनिक गरेको छैन । यदि सो पत्र सही ठहरेमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि कोर्ट मर्शल लागु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार