भारतमा रेलको लिकमा हिँडिरहेका बेला रेलले ठक्कर दिँदा नेपाली युवाको मृत्यु
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार १७:४:४
३ असार, झापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ ।
रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
घटनालगत्तै पानीट्याङ्कीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो । मृतकको शव सोही चौकीमा राखिएको छ । परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।
पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौँको सङ्ख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्याङ्की, नक्सलबाडी, गलगलिया र सिलीगुडी ओहोरदोहोर गर्छन् । पानीट्याङ्कीस्थित भारतीय रेल्वेको लिकमा दुर्घटना हुँदा बर्सेनि नेपालीको ज्यान जाने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार