खैरेनीटार–भिमाद सडक एकतर्फी सञ्चालन
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार २०:३४:५५
३ असार, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकादेखि भिमाद बजार जाने एकतर्फी सडक सञ्चालनमा आएको छ । शुक्लागण्डकी–७ स्याउली बजारमा वर्षाको भेलले सडक खाल्डो परेपछि आज बिहानदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो ।
उक्त सडकखण्ड विस्तारका लागि नयाँ बाटो बनाउने क्रममा पानीको भलले सडक नै खाल्डो परेपछि बिहीबार रातिदेखि अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
“राति १ बजेसम्म काम गर्दा पनि अवरुद्ध सडक खुलाउन नसकेपछि आज बिहानबाट एकतर्फी सञ्चालनमा ल्याउन सफल भएका छौँ”, उनले भने । उक्त सडकखण्ड कालोपत्रका लागि गत वर्षको साउनदेखि काम भइरहेको छ ।
खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडकको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको पाँच किलोमिटर सडक फराकिलो बनाएर नयाँ कालोपत्र गरिनेछ ।
उक्त कामका लागि सडक डिभिजन कार्यालयले काठमाडाँैस्थित श्री महालक्ष्मी÷हिमाली जेभीबीच सम्झौता गरेको थियो । रु सात करोड ४५ लाख २१ हजारको लागतमा उक्त कामको ठेक्का लागेको छ ।
जिल्लाको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक यही हो । यस्तै नवलपुर, पाल्पा र स्याङ्जाका विभिन्न स्थानका सवारी तथा यात्रुसमेत यही सडक भएर आवतजावत गर्ने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार