शेरबहादुर देउवा मैले जस्तो फ्रेस चुनाव जितेर प्रधानमन्त्री बन्नुभएको छैन, जालझेलबाट मात्रै होः ओली
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार २२:४३:२७
३ असार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँंग एमालेको जस्तो देश बनाउने नीति र सोच नभएकाले शेरबहादुर देउवा कहिलै पनि फ्रेस चुनाव जितेर प्रधानमन्त्री बन्न नसकेको बताएका छन् । उनले एमालेले बनाएको देश बनाउने नीतिलाई अन्य दलहरूले तोडमडोर गरेर काम चलाउँदै आएको दाबी गरेका छन् ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा ओलीले शेरबहादुर देउवाले कहिल्यै पनि फ्रेस निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री नभएको भन्दै देउवा जहिले पनि जालझेल र छलकपटबाट मात्रै प्रधानमन्त्री भएको बताए ।
उनले भने, ’शेरबहादुर देउवा फ्रेस चुनाव जितेर कहिले पनि प्रधानमन्त्री हुनु भएको छैन । पार्टीभित्रको जालझेल, संसदभित्र छलकपट र अदालतले अवसर दिएको अवस्थामा मात्रै अहिलेसम्म प्रधानमन्त्री हुनु भएको छ । उनले आगामी दिनमा पनि फ्रेस चुनाव जितेर देउवालाई प्रधानमन्त्री बन्न गाह्रै भएको बताए ।
विभिन्न विषयमा अन्य दलले नीति बनाउन नसकेको तर एमालेका नीतिबारे टिका टिप्पणी गर्ने गरेको उनको आरोप थियो । उनले आफूहरूले लिएको नीतिले वैकल्पिक राजनीतिक, आर्थिक र वैदेशिक सम्बन्धी नीति दिन सक्ने तर अन्यले तोडमोडर गरेर विकृत पार्ने गरेको बताए ।उनले एमाले बाहेक अन्य कुनै पनि पार्टीसँग नीति,सोच र राष्ट्र निर्माणको उदेश्य के हो भन्ने नै नभएको दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार