सशस्त्रमा चार भाईको चार धाम यात्रा, रोल नं अझै अन्तिमतिर
नेपालबहस संवाददाता
असार ४, २०७९ शनिबार १८:३१:३९
४ असार, काठमाडौं । सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्ति भएको डेढ महिना पुगेपनि कामले गति लिन सकेको छैन । सशस्त्र प्रहरीमा सरुवा बढुवाका लागि प्रयत्न गरिरहेका आईजीपी राजु अर्यालले अझै गति लिन सकेका छैनन् । कामु एसएसपीहरु बल्लतल्ल बढुवा भएपनि एसपी, डीएसपीहरुको बढुवा अझै हुन सकेको छैन । डीएसपीबाट एसपीका लागि सूचना निस्केको १२ दिन हुँदा पनि बढुवाका लागि सिफारिस भएको छैन ।
खासगरी प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड नजिक छु भन्ने डीएसपीका कारण अहिलेसम्म बढुवा सिफारिस हुन नसकेको हो । सिंस ३ का तेस्रो लटमा बढुवा भएका दर्शन गिरी, चेतराज जोशी, लोकेन्द्र भट्ट,वासुदेव लोहनीका कारण अझै पनि विभागले सिफारिस गर्न नसकेको हो ।
उनीहरु बिहान–बेलुका शक्तिकेन्द्रमा धाएर सिंस ३ का पहिलो टोलीलाई बढुवा हुनबाट रोक्न खोजिरहेका छन् । चेतराज जोशीका बाबु शेरबहादुर देउवाका घरायशी पुरोहित हुन । उनी कमाण्ड कन्ट्रोलमा निकै कमजोर रहेका छन् । उनी इलाम गुल्ममा बस्दा काठ तस्करीमा मुछिएका थिए साथै पशुपति नाकाबाट तस्करी गराएको आरोप लागेको थियो । वासुदेव लोहनी तनहुको हुँ भन्दै कांग्रेसी नेताहरुको पहुँचमा रहेका छन् । उनी पनि कमाण्ड कन्ट्रोलमा निकै कमजोर रहेका छन् । लोकेन्द्र भट्ट सुदुरपश्चिमको नाता लगाएर नेताहरुको चाकडीमा पुग्ने गरेका छन् । ‘सशस्त्रले नेताहरुकोमा जान रोक लगाएको भएपनि गिरी, जोशी, भट्ट र लोहनी चार जना नेताकोमा दौडिएका छन्’, स्रोतले भन्यो ।
उनै डीएसपी गिरीले बढुवाको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत् धम्कीपूर्ण भाषामा चेतावनी दिएको पनि स्रोतले जनाएको छ । आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयसँग नजिक रहेको भन्दै दिनमा एकपटक खुमलटार पुग्ने गरेको र त्यहीबाट आईजीपी अर्याललाई फोन गरेर तनाव दिने गरेको पनि स्रोतले जनाएको छ । गिरीले केही दिन अघि ‘जे गर्नुभएको छ, सजिलै छाडिदैन’ भन्ने स्टाटस पोष्ट गरेर संगठन प्रमुखलाई धम्क्याएका थिए । उनी सिंस ३ को पनि तेस्रो लटको अन्तिममा भएकाले बढुवाको संभावना निकै कम भएपछि शक्तिकेन्द्रको शरणमा पुगेका हुन् ।
दुई वर्ष अघि नै कारवाहीमा परेकाले उनको बढुवा अझै केही समय नहुने भएपछि उनी आत्तिएका छन् । उनी धादिङमा बस्दा युवती काण्डमा पनि फसेका थिए । त्यो बेला निकै दौडधुप गरेर उनले युवती काण्डलाई सामसुम पारेका थिए । उनी केही समय रसुवामा पनि बसेका थिए । धेरै वटा लफडा भएपछि उनको सरुवा भएको थियो । अहिले भने उनको दिनचर्या खुमलटारमा वित्ने गरेको छ । सशस्त्र प्रहरी मूख्यालयले उनको गतिविधिबारे जानकार रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार