उम्मेद्वार र राजनीतिक दलकै कारण मत बढी बदर भयो : प्रमुख झा
आबिद हुसेन
असार ४, २०७९ आइतबार २:४८:१०
४ असार, बीरगञ्ज । जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले उम्मेद्वार र राजनीतिक दलकै कारण मत बढी बदर हुन पुगेको बताएकी छिन् ।
उम्मेद्वारी दिने समयसम्म पनि उम्मेद्वारलाई आफू कुन पार्टी÷स्वतन्त्रबाट उम्मेद्वार बन्ने हो भन्ने नै जानकारी नहुनु र राजनीतिक दलले पनि पहिल्यै उम्मेद्वार टुंगो लगाउन नसक्दा मत बदर बढी हुन पुगेको उनको भनाई थियो ।
वीरगञ्जमा शनिबार आयोजित मतदाता नमावलीमा महिला, दलित लगायत सिमान्तकृत समुदायको पहुँच सुनिश्चितताका लागि जिल्लास्थित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा झाले यस्तो बताएकी हुन् ।
‘उम्मेद्वारी दिने समयसम्म कुन चिन्ह लिएर उम्मेद्वार बन्ने भन्ने विषयमा उम्मेद्वार नै अनबिज्ञ देखिए, चुनाव चिन्ह एकिन भइसकेपछि पनि त्यसबारे मतदातालाई बुझाउनै सकेनन्,’ प्रमुख झाले भनिन्, ‘त्यसले गर्दा मत हाल्ने क्रममा मतदाता झुक्किन पुगे, अनि मत बदर हुन पुग्यो ।’
यस पटक मतदाता शिक्षा कार्यक्रम संचालन नहुँदा केही असर गरेको भए पनि मुख्य गरेर राजनीतिक दल र उम्मेद्वारको समयमा एकिन नहुँदा बढी मत बदर भएको निर्वाचन कार्यालय पर्साकी प्रमुख झाले बताइन् ।
अहिले मतदाता नामावली संकलन गर्ने काम भइरहेको भन्दै उनले त्यसका लागि स्थानीय तहले आफ्नो ठाउँका नागरिकलाई सूचना दिएर मतदाता संकलनमा सहयोग गर्न आग्रह पनि गरिन् ।
अहिले निर्वाचन कार्यालयका साथै जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सुपौली गरि ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेकाले यसअघि नाम चढाउन छुटेका मतदाताले समयमै नाम दर्ता गरेर मताधिकार प्रयोग गर्न आग्रह गरेकी हुन् ।
कार्यक्रममा सरोकारवालाहरुले मतदाता नामावली जिल्लाको तीन स्थानबाट मात्रै संकलन गर्नु उपयुक्त नभएको भन्दै छुटेका मतदातालाई समेट्न वडा÷वडामै घुम्ति टोली पठाउनु जरुरी रहेको बताए ।
‘गाउँपालिकाको केन्द्रमा पठाउँदा पनि अझै धेरै नागरिक मताधिकारबाट बन्चित छन्,’ पत्रकार मनोज पटेल भन्छन्, ‘वडातहमै घुम्ति टोली पठाउन सकिए मात्रै सबैलाई समेट्न सकिएला होइन भने त अझै मताधिकारबाट बन्चित हुने सख्या ठूलै रहिरन्छ ।’
कार्यक्रममा सञ्चारकर्मी बृजलाल पासवान, मनोज पटेल, शम्भु सुमन, निर्वाचित प्रतिनिधि संगिता दास लगायतले मतदाता नामावली संकलनलाई सहज बनाउन आग्रह गरेका थिए । कार्यक्रम दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानको सभापतित्वमा सम्पन्न भएको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार