प्रधानमन्त्री बैठकमा नगएपछि खेद प्रस्ताव पारित गर्न रावलको प्रस्ताव,बचाउमा उत्रियो कांग्रेस
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार १७:७:४७
५ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् ।
अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गरेका हुन् ।
रावलले हिजो लोकतन्त्र खतरामा पर्याे भनेर प्रधानमन्त्री बनेका देउवाले उहाँले बैठकमा अनुपस्थित भएर कसरी लोकतन्त्रको रक्षा गर्ने भन्दै प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्नेछ भन्दै आक्रोश पोखे । प्रधानमन्त्री अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएको भन्दै उनले अनुपस्थितिले सांसदहरूको अपमान र खेदजनक भएकाले बैठकले खेद प्रस्ताव पारित गर्नुपर्ने बताए ।
यता, प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित नभएर बैठकको अपमान गरेको टिप्पणीप्रति नेपाली कांग्रेसका सांसदहरूले बचाऊ गरेका छन । सिंहदरबारमा जारी समितिको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभए पछि सभापति पवित्रा निरौलाललगायतले समितिको ‘अपमान’ गरेको अभिव्यक्ति दिएपछि कांग्रेस सांसदहरू बचाउमा उत्रेका हुन् ।
प्रधानमन्त्री देउवालाई अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन समितिले आज बोलाएको थियो । सभापति पवित्रा खरेलले बैठकमा उपस्थिति नभए प्रधानमन्त्री देउवाले अपमान गरेको भन्ने टिप्पणी गरे लगत्तै कांग्रेस सचेतक पुष्पा भुसालले अपमान भन्ने शब्द उचित नभएको भन्दै बचाउ गरेकी हुन् ।
‘हामीले बोलाउँदा उहाँ (प्रधानमन्त्री) आउनुपर्छ, तर प्रधानमन्त्रीको समय के भयो, त्यस आधारमा बुझ्नुपर्छ, अपमान नै भन्ने शब्द प्रयोग गर्नु हुन्न’ भुसालको आग्रह थियो । काग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने भन्दै बचाउ गरेका छन् ।
सभापति खरेलले बैठकको दुई घन्टा अघि अर्थात् बिहान ८ बजे मात्रै उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताएलगत्तै कांग्रेस सांसदहरू बचाउमा लागेका हुन् ।
‘हिजो दिनभरी फोनमा सम्पर्क गरियो । तर, आज बिहान ८ बजे उपस्थित नहुने भनेर खबर आयो, यस्तो कार्यले समितिको अपमान गरेको महसुस गरेको छु, यो अपमान हो भन्ने मलाई लाग्छ,’ सभापति खरेलले भनिन् । पराराष्ट्र मन्त्री खड्काले एसपीपीको ‘च्याप्टर क्लोज’ भएको तथा प्रधानसेनापति शर्माले एसपीपी नेपालको हितमा नभएको भन्दै हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएका थिए ।
अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन समितिले प्रधानमन्त्री देउवालाई आज बोलाएको थियो । यसअघि सोबारेमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएलगत्तै समितिले आज प्रधानमन्त्रीलाई बोलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार