सर्लाहीको छटीघाट पुलबाट कार खस्यो, एक जनाको मृत्यु
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार १७:४१:१
५ असार, सर्लाही । सर्लाहीको धनकौन गाँउपालिका–५ स्थित छटीघाट पुलबाट गएराती कार तल खस्दा कारमा सवार १ बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् ।
सर्लाहीको छतौनाबाट रौटहटको वृन्दावन हरैया तर्फ जाँदै गरेको भारतीय नम्बरको कार गएराती एक बजे पुलबाट अन्दाजी १५ फिट तल खसेको थियो ।
दुर्घटनामा रौतहटको बृन्दावन नगरपालिका–४ का शुभलाल यादवका ४ बर्षीय छोरा गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका सबैलाई उपचारको लागी बरहथवा सिथत एडभान्स संजिवनी अस्पताल पठाइएको छ ।
घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना पछि फरार भएका कार चालकको खोजी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार