ब्रेकअपपछि पूर्वप्रेमिकासँग डेटिङ गर्दा लागेको खर्चको क्षतिपूर्ति मागेपछि…
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार १७:५६:१
५ असार, बेइजिङ । सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ ।
धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् । ती व्यक्तिले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डीकी’ विरामी आमाको हेरचाह खर्चसमेत समावेश गरेका छन् ।
उनको विस्तृत कागजातमा प्रत्येक खर्च जोडीलाई नै बाँडिएको थियो वा पूर्वप्रेमिका एक्लैले लाभ उठाएकी थिइन भन्नेसमेत उल्लेख छ । जस्तैः एउटा उदाहरणमा उनले ‘स्नयाक्स किन्न र त्यो सबै महिलालाई खुवाउन’ ३६ दशमलब १ युआन खर्च गरेका थिए ।
यस्तो अवस्थामा उनले उक्त स्न्याक्सको सम्पूर्ण खर्च महिलाले बेहोर्नुपर्ने उनले अनुरोध गरेका छन् । अर्को उदाहरणले चाङनिङको एउटा रेस्टुरेन्टमा दुई जनाले डिनर लिएको उल्लेख छ । महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् ।
पूर्वप्रेमिकालाई अस्पताल भर्ना गर्न लागेको खर्चसमेत ‘खर्च सूचीमा’ समावेश गरेका छन् । त्यसपछि ती महिलाको मृत्यु भएको थियो । अन्तिम संस्कारमा उनी र उनका अभिभावकले आर्थिक सहयोग गरेका थिए । अहिले त्यो सबै खर्च उनले मागेका छन् ।
डेटिङ गर्दा समग्रमा उनले कुल ७२ हजार युआन खर्च गरेको दाबी गरेका छन् । तर, उनले ६ करोड १४ लाख ७ हजार २५ युआन क्षतिपूर्ति माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार