छुट्टाछुट्टै सवारी दुर्घटनामा परि आठ जनाको मृत्यु
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २०:३६:१
५ असार , काठमाडौं । मकवानपुर, रुकुम (पश्चिम), मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक, रुपन्देही र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ मनकामना चोकस्थित सडकमा बा।९५ प ८५६१ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक सोही उपमहानगरपालिका–४ सिर्जनापथ डेरा गरी बस्ने जनकपुर घर भएका ३९ वर्षीय अन्जन कर्ण रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार मृतककी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र छोरा ११ वर्षीय आर्यन कर्णलाई थप उपचारको लागि जनकपुरतर्फ रिफर गरिएको छ ।
रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–११ छोटेटारमा लु।१ ज १८९७ नम्बरको जिप शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बाफिकोट गाउँपालिका–८ दुली बस्ने २६ वर्षीय प्रकाश घर्ती र जिपमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय कबिराम बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका
उनीहरूको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–२ किस्ती खोलास्थित सडकमा ना.६ ख ५९३६ नम्बरको ट्रकमा शनिबार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ३५ वर्षीय रबिन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राई रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रबिन र उनकी श्रीमतीको अवस्था सामान्य रहेको छ । ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका–९ माछागढ चोकमा सु।प।प्र।०१–००१ ख २५८२ नम्बरको बसले भे।११ प ७९५७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय दिल बहादुर केसी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तामाघाटपुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही एरियामा मागी हिँड्ने हाल पहिचान नखुलेकी करिब ३२ वर्षीया महिला रहेकी छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित सडकमा यूपी ३२ एलपी २२७१ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय उज्जल सिंहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाहीको धनकौन गाउँपालिका–५ छठीघाट पुलमा बीआर ०५ एआर ५१३७ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार रौतहट वृन्दावन नगरपालिका–४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको एड्भान्स संजिवनी अस्पताल बरहथवामा उपचार भइरहेको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार