गठबन्धनमा एसपीपीबारेमा सर्वदलीय बैठक र मन्त्रिपरिषद्को पुनर्गठनमा छलफल भयो: खनाल
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २१:१४:१८
५ असार, काठमाडौं । आइतबारको सत्ता गठबन्धन बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।
‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ ।’ उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड गरेको छ । बैठकमा नेकपा एसले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको हो ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि नेकपा एसले पाँच दलीय गठबन्धनको बैठकमा सो विषयलाई पुनः उठान गरेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा हामीले आज कुरा राख्यौं, त्यसबारेमा यसअघि नै हामीले निर्णय पनि गरिसकेका पनि छौँ, यसलाई तुरुन्तै कार्यान्वयन गर्नुस्, अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ बैठकपछि खनालले भने, ‘ उहाँले तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ, कार्यान्वयन गर्छु भन्नुभएको छ, हेरम् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार