पुराना अनुसन्धानलाई उच्च प्राथमिकता दिनूः प्रहरी महानिरीक्षक सिंह
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २१:२१:४९
५ असार, काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी अघि बढ्न प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित भिडियो कन्फ्रेन्समार्फत् प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहत नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गण लगायतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक सिंहले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, मिटरव्याजी जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने बताए ।
आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विषेष निगरानी राख्न पनि उनले निर्देशन दिएका थिए । त्यस्ता गतिविधिमा संलग्न विभिन्न आवरणका व्यक्तिहरूसँग प्रहरी कर्मचारीहरूको साँठगाँठ भएको पाइए क्षम्य नहुने समेत उनले जनाए ।
प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखहरूको काममा आफ्नो पहिचान गासिएको हुनाले अवसरलाई सदुपयोग गरी भ्रष्टाचारमा शून्य शहनसिलता कायम र नागरिक हितको लागि विशेष काम गर्दै सम्मान पाउने वातावरण बनाउन आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार