कांग्रेस र माओवादीमा मिलाएर प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्नुहुन्छः माधव नेपाल
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २२:३२:४२
५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा माओवादीलाई पनि मिलाएर चाँडै मन्त्रीमण्डल फेरबदल गर्ने बताएका छन् । उनले गठबन्धनका अरु दलसँग छलफल गर्न केहि दिन प्रधानमन्त्रीले समय मागेपनि अब चाँडै फेरबदल हुने दावी गरेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रधानमन्त्रीले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने जानकारी गराएको बताए ।
बैठकपछि विभिन्न सञ्चारमाध्यामका सम्पादकहरूसँगको छलफलमा अध्यक्ष नेपालले पार्टीमा पहिले भएको सहमति बमोजिम नै मन्त्रीहरू फेरबदल हुने बताए । मन्त्रीहरू फेरबदलको विषयमा पार्टीको निर्णयले काम गर्ने उनको भनाइ छ ।
उनले भने,‘छ महिनाभन्दा पहिले नै पनि मन्त्री परिवर्तन गर्ने कि भनेर चर्चा नचलेको पनि होइन, छ महिनासम्म त काम गर्न दिनुस् भनेर पनि उहाँहरूले नै भन्नुभएको हो, अहिले छ महिनामात्रै होइन, आठ महिना पुगेपछि हामीले परिवर्तन गर्ने निर्णय गरेका हौँ । मन्त्री फेरबदलमा केही ढिलाइ भइरहेको छ ।’
उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केही दिन समय मागेपछि मन्त्रिमण्डल हेरफेर गर्न ढिलाइ भएको बताए । कांग्रेस र माओवादी केन्द्रले केही दिन पर्खिन माग गरेकाले केही दिन पर्खिएका हौँ भन्दै उनले आइतबारको छलफलमा प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्छु भनेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार