इन्धनमा फेरी मूल्यबृद्धिः पेट्रोलको प्रतिलिटर १९९, डिजेल र मट्टीतेलको १९२ पुग्यो
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार १२:७:२५
६ असार, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । गएरातीदेखि लागु हुने गरी इन्धनको मूल्य बढाइएको हो । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । निगमले खाना पकाउने ग्याँसको मूल्य भने बढाएको छैन । निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९ र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ ।
निगमले डिजल र पेट्रोलमा उच्च वृद्धिसहित भारतबाट इन्धनको नयाँ मूल्यसूची प्राप्त भएपछि इन्धनको भाउ बढाएको बताएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको लागत एक लिटरमा २०९ रुपैयाँ २८ पैसा र डिजलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मट्टीतेलको लागत मूल्य १४७ रुपैयाँ ९९ पैसा पुगेको छ । यो हालसम्मै उच्च मूल्य हो । नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार