कास्की कांग्रेस संकटमा, सभापतिबिरुद्ध घेराबन्दी
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार १४:३२:३८
६ असार, पोखरा । नेपाली कांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् ।
उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्कीकै एक नेताले बताए । ‘उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ,’ ती नेताले भने, ‘अविश्वासको प्रस्ताव ल्याउने तयारी भैरहेको छ ।’
स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजना गरिएको जिल्ला कार्यसमितिको बैठक समेत अधिकांश पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवरले होटलमा राखिएको बैठकमा सहभागी नहुने बताए । ‘पार्टी अफिस छ । अहिलेसम्मका सबै चुनाव पार्टी अफिसबाट चल्यो, अहिले दिनदिनै होटलमा बैठक भयो,’ उनले भने, ‘यसरी पार्टी कमजोर हुन्छ नि । सभापतिज्यू जिम्मेवार हुनुभएन । धेरै साथीहरु बैठकमा आउनुभएन, आउनु भएकोले पनि हस्ताक्षर गर्नुभएको छैन ।’
पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए भने आएकाले समेत उपस्थिति जनाएनन् । पदाधिकारी र सदस्यले प्रश्न गरेपछि सभापतिले जवाफ दिँदै गर्दा धेरैजसो बैठकका सहभागी उठेर हिडेका बैठकका एक सदस्यले बताए । ‘होटलमा बैठक राखेको भनेर आलोचना भैरहेको थियो ।
त्यसमाथि स्थानीय निर्वाचनमा पोखरा महानगरको उपमेयर हारेको विषय पनि थपियो,’ ती नेताले भने, ‘केही हजार भोट भएको एकीकृत समाजवादीले चुनाव जित्ने, ६० हजार मत भएको कांग्रेसले कसरी हार्यो ? यसको गम्भीर समीक्षा हुनुपर्दैन ? प्रश्न उठ्छ । प्रश्नबाट भाग्न मिल्दैन ।’
सभापति बरालले भने गणपुरक संख्या नपुगेका कारण बैठक स्थगित गरिएको बताए । ‘साथीहरू कामको व्यस्तताले आउन भ्याउनुभएन । सहमतिमै अर्को दिन बैठक बसौं भनेर उठेको हो,’ उनले भने, ‘बाहिर के प्रचार भयो थाहा छैन । बैठकका बेला कुनै नराम्रो कुरा चलेको थिएन ।’ बरालले अर्का उम्मेदवार सुदीपमोहन भट्टराईलाई पराजित गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार