इन्धनको मूल्यवृद्धि फिर्ता लिन उपत्यका बाहिर प्रदर्शन सुरु, काठमाडौंमा तयारी हुँदै
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार १७:२३:४५
६ असार, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएपछि देशका विभिन्न भागमा मूल्यबृद्धि फिर्ताको माग राख्दै प्रदर्शन सुरु भएको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ । यसले उपभोक्ता मारमा परेको भन्दै ठाउँठाउँमा प्रदर्शन सुरु भएको हो । नेपाल आयल निगमले गएरातीबाट पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ ।
बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर सवारी साधन रोकेका छन् । प्रदर्शनमा अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउँदै मूल्यवृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
उता, विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्यवृद्धि गरेको विरोधमा चक्काजाम गरेका हुन् ।
मूल्यवृद्धिको विरोधमा सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गको विराटनगरको राजवशी चोकमा सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् । यस्तै काठमाडौं उपत्यकामा पनि सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध सत्ता र प्रतिपक्षसहितका सबै विद्यार्थी संगठनहरुले पनि आन्दोलन गर्ने तयारी गरेका छन् ।
विद्यार्थी नेताहरुले बताएअनुसार १५ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम तयार गरिरहेका छन् । अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी), अखिल छैटौँ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन लगायतले वृद्धि भएको मूल्य फिर्ता लिने माग राख्दै आन्दोलनको तयारी गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार