२० असारअघि नै सबै योजनाको भुक्तानी लिन राइनास नगरपालिकाको आग्रह
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार २१:३६:३९
६ असार, लमजुङ । राइनास नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ मा नगरभित्र सञ्चालित सबै योजनाहरुको भुक्तानी २० असार अगाबै लिन आग्रह गरेको छ ।
चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि नगरभित्र सञ्चालित विभिन्न आयोजनाहरू अधिक संख्यामा फरफारक भइनसकेको भन्दै तत्काल कार्यसम्पन्न गरी भुक्तानी लिन नगरपालिकाले आग्रह गरेको हो ।
नगरकार्यपालिकाकाले सार्वजनिक सूचनामार्फत् चालु आर्थिक वर्ष ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत समानिकरण विशेष समपूरक अनुदान आन्तरिक लगायतका स्रोतबाट नगरभित्र संचालित योजनाको भुक्तानी लिइ विल फरफारक गर्न उपभोक्ता समिति तथा सरोकारवला निकायलाई अनुरोध गरेको छ ।
विषयगत शाखाहरूलाई र सबै वडा कार्यालयमार्फत आफ्नो वडामा फरफारक हुन बाँकी रहेका उपभोक्ता समितिलाई छिटो कार्य सम्पन्न गरी प्राविधिक कर्मचारीबाट मूल्यांकन गराइ २० असारभित्रमा भुक्तानी लिन तथा योजनाको फरफारक गर्न सम्बन्धित सबैलाई सूचित गराएको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।
आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै सम्पूर्ण योजनको भूक्तानी गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने भएकाले समयमै योजनाको फरफारक गर्न उपभोक्ता समिति तथा सम्बन्धित सारोकारवालाहरूलाई अनुरोध गरिएको हो ।
तोकिएको समयावधिभित्र भुक्तानी निवेदन पेश नभएको खण्डमा कुनै पनि भुक्तानी दिन कार्यालय बाध्य नहुने समेत नगरपालिकाले जनाएको छ ।
राइनास नगरपालिकामा चालु आर्थिक वर्षका योजना मध्ये करिब ८० प्रतिशत योजना सम्पन्न भए पनि अधिक योजनाको भुक्तानी बाँकी रहेको योजना शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार