एसपीपीबारे महामन्त्रीद्वय थापा र शर्माको प्रधानमन्त्रीसँग छलफल, सर्वपक्षीय सहमतिबाट पत्राचार गर्न सुझाव
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार २१:४३:२४
६ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे छलफल गरेका छन् ।
देउवासँग छलफलका लागि सोमबार बिहान थापा र शर्मा बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाले बाहिरबाट दवाव आएको र पार्टीबाट पनि निर्णय गराउनुपर्ने भएकाले एसपीपीबारे कसरी अगाडि जाने भन्दै महामन्त्रीद्वयसँग राय मागेका थिए ।
छलफलमा नेपाल कुनै पनि देशको सैन्य संगठनसँग जोडिन नसक्ने भएकाले एसपीपीमा नेपाललाई आबद्ध गराउन नमिल्ने भन्दै शर्मा र थापाले सबै दलसँगको छलफलबाट आबद्ध हुन नसक्ने भन्दै नेपालका तर्फबाट पत्राचार गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।
देउवालाई उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्नुपर्ने सुझाव दिएको महामन्त्री शर्माले बताएका छन् । उनले एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्याएर यो प्रकरण नदोहोरिने गरी पत्राचार गर्न भनिएको बताए ।
यसबारे नीति तय गर्दा प्रमुख प्रतिपक्ष लगायत राजनीति दललाई बोलाए साझा धारणा तय गर्न प्रारम्भ गरी सबैलाई छलफलमा सहभागी गराउन सुझाव दिएको र यसमा प्रधानमन्त्री सकारात्मक रहेको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाको एसपीपी कार्यक्रममा सहभागिताको विषयलाई लिएर नेपालमा दलहरु विवादित बनेका छन् । एमालेले लगातार विरोध गर्दै आएको अवस्थामा सरकारले भने एसपीपीमा सहभागी नहुने प्रतिबद्धता जनाइसकेको छ ।
छलफलका क्रममा पार्टीको नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व चयन तथा पूर्णता दिने विषयमा पनि छलफल भएको थियो । देउवाले चाँडै कांग्रेसको केन्द्रीय समिति बोलाएर सबै विषयमा छलफल गर्ने बताएका थिए ।
थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले समेत मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका थिए । त्यसक्रममा पार्टी र सरकार सञ्चालन तथा सार्वजनिक सरोकारका विषयमा सभापति देउवाको ध्यानाकर्षण गराएको शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार