व्यासमा २५ शय्याको कोभिड अस्पताल बन्ने
नेपालबहस संवाददाता
असार ७, २०७९ मंगलबार १८:२१:१५
७ असार, तनहुँ । तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सीचौरमा २५ शय्याको कोभिड अस्पताल निर्माण कार्य सुरु गरिएको छ । नगरपालिकाको रु एक करोड ५४ लाख लागतमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । बोलपत्रपश्चात् आधारभूत स्वास्थ्य केन्द्र भवन नजिकै रहेको करिब दुई रोपनी सार्वजनिक जग्गामा अस्पताल निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
विसं २०७८ माघ १० गते सम्झौता गरे पनि निर्माण कार्य भर्खरै सुरु गरिएको हो । उक्त निर्माण कम्पनीले उक्त अस्पताल आठ महिनामा सक्ने गरी सम्झौता गरिए पनि निर्माण व्यवसायीको लापर्बाहीका कारण ढिलाइ हुन गएको व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । काम नगरी आलटाल गर्दै आएकाले कालोसूचीमा राख्ने बताएपछि बल्ल काम सुरु गरेको उनले बताए ।
दमौली अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाइएकाले उक्त अस्पताललाई नगरस्तरीय अस्पतालको रुपमा निर्माण गर्न लागिएको व्यासनगर कोभिड अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । भवनको पिल्लर उठाएर नयाँ प्रविधिको फाउण्डेशसन फाइवर जिव्सनको छाना राखेर बनाइने उनले बताए । कोभिड अस्पताल निर्माणपछि कोभिडका बिरामीलाई राखेर उपचार गर्न सहज हुने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार