मादी गाउँपालिकाको बजेटः भालु र बाँदर लखेट्ने, घोडा खरिद गर्ने
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार १७:५२:५६
८ असार, पोखरा । कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । किसानले बाँदर र भालु जस्ता जंगली जनावरबाट दु: ख पाएपछि त्यसलाई लखेट्न बजेट ब्यवस्था गरिएको छ ।
जंगली जनावरको आतंक रोक्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो । कृषि क्षेत्रलाई प्राथमिकता दिँदै पालिकाले उत्पादनमा आधारित कार्यक्रम सन्चालन गर्ने भएको छ । साना व्यवसायीलाई रोजगार प्रबद्र्धन गर्न र सहुलियत ऋण दिन ५० लाख छुट्याइएको छ भने अध्यक्षसँग उत्पादनमा अनुदान कार्यक्रमका लागि ५० लाख विनियोजन गरिएको छ ।
कृषि क्षेत्रमा आधुनिकीकरण तथा यान्त्रीकरण गर्न कृषि औजारमा अनुदान दिने गरी ३० लाख विनियोजन गरिएको उपाध्यक्ष कल्पना गुरुङले जानकारी दिइन् । पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बनाउन स्थानीयसँगको साझेदारीमा घोडा खरिद गर्ने कार्यक्रम पालिकाको छ । यसका लागि १५ लाख छुट्याइएको छ ।
पालिकाले आगामी वर्षका लागि ६५ करोड ४८ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालू वर्षमा ६२ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । मादीलाई संघ सरकारले वित्तीय समानीकरण शीर्षकमा नौ करोड ६२ लाख, सशर्त अनुदान २९ करोड ९२ लाख, विशेष अनुदान १ करोड, राजस्व बाँडफाँटबाट १० करोड तीन लाख र रोयल्टी एक करोड ६ लाख पाउने अनुमान गरिएको छ । यस्तै, प्रदेश सरकारले समानीकरणतर्फ एक करोड ४ लाख र राजश्व बाँडफाँटमा ८१ लाख दिने बताइएको छ । बाँकी रकम अहिले खर्च हुन नसकेको र आन्तरिक आम्दानीबाट जुटाउने छ ।
बजेटमा आर्थिक विकासतर्फ पाँच करोड ४२ लाख ४० हजार, सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । आगामी वर्षको बजेट काम सुरु भएका भौतिक पूर्वाधारलाई पूर्णता दिने गरी विनियोजन भएको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार