जितपुरको प्रसूति गृह, जहाँ गर्भवती महिलालाई बस्ने ठाउँसमेत छैन
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १७:०:४८
♦ इन्दिप कोइराला
१० असार, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् ।
प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन । त्यसैगरी प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधाको अभाव रहेको र गर्भवती महिलाहरूको लागि आराम गर्ने, बस्ने प्रतिक्षालयको समेत अभाव छ ।
जितपुरकी फातिमा खातुनले गर्भवती महिलाहरूको निदान गर्न गृहमा भिडियो एक्सरेको सुविधा नहुँदा वीरगन्ज धाउनुपर्ने अवस्था रहेको बताइन् । प्रसूति गृहमा दैनिक २५ जनाभन्दा बढी गर्भवती महिलाहरू स्वास्थ्य परीक्षण गराउन आउने गराएको स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरीले जानकारी दिइन् ।
घनावस्ती र पथलैया–वीरगन्ज औद्योगिक करिडोरको मध्ये भागमा पर्ने सो प्रसूति गृहमा जितपुरसिमरा उपमहानगरपालिका तथा पर्साको पर्सागढी र वीरगन्ज महानगरपालिकाका केही वडाका गर्भवती महिलाहरूसमेत प्रसूति सेवा लिन आउने गरेका छन् ।
तर, आवश्यक उपकरण र सेवा उपलब्ध नहुँदा स्थानीय महिलाहरूले पीडा व्यहोर्नु परेको जितपुरसिमरा उपमहानगरपालिका हरपुरकी सल्या खातुनले बताइन् । गर्भवती सेवा लिन गत ५ फागुनमा जितपुरको प्रसूति गृह पुगेकी खातुनले तत्काल सेवा नपाउँदा पेटको बच्चा खेर गएको जानकारी बताइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार